२३ मंसिर २०७८, बिहीबार

सप्तरी उद्योग वाणिज्य संघका अध्यक्षमा अग्रवाल

प्रकाशित मिति :  ६ मंसिर २०७८, सोमबार १०:५३


६ मंसिर, सप्तरी । सप्तरी उद्योग वाणिज्य संघको अध्यक्ष पदमा लालुप्रसाद अग्रवालले ७४६ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ ।

उपाध्यक्षद्वयमा रमेशकुमार साह र दुर्गानन्दप्रसाद साह र महासचिवमा अमृतकुमार संचेती विजयी हुनुभएको प्रमुख निर्वाचन आयुक्त अधिवक्ता रामकुमार यादवले जानकारी दिए ।

यसैगरी ११ औँ अधिवेशनबाट सचिवमा सुरेन्द्र विमल ,कोषाध्यक्षमा प्रमोदकुमार कावरा ,सहकोषाध्यक्षमा निर्मल मुन्धडा यसैगरी सदस्यमा सन्तोष सिंन्हा, सचिन्द्र दास, सुरेन्द्र साह ,कमल प्रसाद साह, सञ्जय पुर्वेले ,दिलीपप्रसाद गुप्ता र महिला सदस्यमा अम्बिका दाहाल विजयी भएका थिए ।

कूल एक हजार ३२२ मतदाता रहेको सङ्घमा एक हजार १६१ ले निर्वाचनमा मतदानमा भाग लिएका थिए । नवनिर्वाचित अध्यक्ष अग्रवालले आर्थिक समृद्धि हासिल गर्न सरकारले व्यवसायीलाई सहुलियत दिनुपर्ने बताए ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा


किन घट्यौ देउवाको क्रेज ?
नेपालबहस संवाददाता