२३ मंसिर २०७८, बिहीबार
को कसको हुँदै छ बिदाई ?
राजनीति

एमाले महाधिवेशन : उमेर हदले बाहिरिँदैछन् यी नेता

प्रकाशित मिति :  ६ मंसिर २०७८, सोमबार १६:०५


६ मंसिर, काठमाडौं । एमालेको आसन्न महाधिवेशनको नेतृत्व र पदाधिकारीमा कसले बाजी मार्ला भन्ने बहस चुलिएको छ । तर, यो महाधिवेशनले केही नेताहरुलाई भने बिदाई गर्दैछ ।

गोदावरीमा सम्पन्न एमालेको विधान महाधिवेशनले ७० वर्षे उमेर हद लागू गरेका कारण एमालेको शक्तिशाली भूमिकामा रहदै आएका कम्तीमा चारजना नेता चितवन महाधिवेशनबाट बिदा हुँदैछन् ।

अध्यक्षमा पुनः अनुमोदन हुन लागेका केपी ओली मंसिरमा नभई ११ फागुनपछि महाधिवेशन भएको खण्डमा १० औँ महाधिवेशनबाटै बिदा हुने थिए । किनकि ११ फागुन २०७८ मा उनी ७० पुगेर ७१ लाग्दैछन् ।

विधान महाधिवेशनले ७१ वर्ष लागेपछि पार्टीको कार्यकारी भूमिकामा बस्न नपाउने व्यवस्था गरेको छ । यो व्यवस्थाअनुसार तीन महिना चाँडो अधिवेशन भएका कारण ओली जोगिए पनि अनुशासन आयोगका अध्यक्ष अमृत बोहोरा भने चितवन महाधिवेशनबाटै एमालेको कार्यकारी भूमिकाबाट बिदा हुँदैछन् । उनी ७३ वर्षका भइसकेका छन् ।

बोहोरासँगै मधेसका शक्तिशाली मानिने स्थायी कमिटी सदस्य सत्यनारायण मण्डल पनि चितवन महाधिवेशनबाटै ‘रिङ आउट’ हुँदैछन् । उनी ७० वर्ष पुगिसकेका छन् । अर्का स्थायी कमिटी सदस्य केशव बडाल पनि ७२ वर्षका भइसकेका छन् । त्यसैले उनी पनि चितवन महाधिवेशनबाट एमालेको सक्रिय भूमिकाबाट अलग हुँदैछन् ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा








किन घट्याे देउवाको क्रेज ?
नेपालबहस संवाददाता