२२ मंसिर २०७८, बुधबार
कांग्रेस महाधिवेशन
राजनीति

कांग्रेस महाधिवेशन : स्याङजाको क्षेत्र नम्बर १ र २ मा अधिवेशन सम्पन्न, मतगणना सुरु

प्रकाशित मिति :  ६ मंसिर २०७८, सोमबार २१:२७


६ कार्तिक, काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत आज ‘सोमबार’ ६० जिल्लामा प्रतिनिधिसभा निर्वाचन क्षेत्रको अधिवेशन सुरु भएको छ । ६० जिल्लाका १४८ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा अधिवेशन सोमबार सुरु हुन भएको हो ।

स्याङजाको क्षेत्र नम्बर २ र १ मा अधिवेशन सम्पन्न भएको छ । अधिवेधन सम्पन्न भएसँगै केहीबेर अघिदेखि सो क्षेत्रमा मतगणना सुरु भएको छ । समाचार स्रोतका अनुसार स्याङजाको क्षेत्र नम्बर १ मा कुल १ हजार २९ मतदाता मध्ये १ हजार १२ मत खसेको छ ।

जस मध्ये ७० मत नखसेको हो । क्षेत्र नम्बर १ बाट २५ जना क्षेत्रिय सभापतिसहित केन्द्रिय महाधिवेशन प्रतिनिधि चुनिने छन् । यस्तै क्षेत्र न्म्बर २ मा पनि अधिवेशन सम्पन्न भएरसँगै मतगणना सुरु भएको छ । कुल १ हजार २ सय ३० मत मध्ये जम्मा १ हजार २ सय ६ मत खसेको छ भने २४ मत नखसेको बताइएको छ ।

स्राेतका अनुसार मतगणना स्थलमा उम्मेदवारको प्रतिनिधि बिना मतगणना सुरू भएपछि साेही मतगणनालाई कानुनत: मान्य हुने कि नहुने भन्नेमा चर्काे विराेध भैइर्रहेकाे छ ।

यो अधिवेशनबाट प्रतिनिधिसभा क्षेत्रमा क्षेत्रीय सभापतिसहित कार्यसमिति र सदस्यहरू चुनिनेछन् भने अधिवेशनबाट केन्द्रीय महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि पनि चयन हुनेछन्।

कांग्रेसमा एक प्रतिनिधिसभा क्षेत्रबाट २६ जना महाधिवेशन प्रतिनिधि केन्द्रमा आउँछन्। तिनै महाधिवेशन प्रतिनिधि मध्येबाट कांग्रेस पदाधिकारीदेखि केन्द्रीय सदस्य हुन्छन्।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा