२३ मंसिर २०७८, बिहीबार
कांग्रेस महाधिवेशन
राजनीति

नेपालबहसका प्रधानसम्पादक रिजाल महाधिवेशन प्रतिनिधिमा निर्वाचित

प्रकाशित मिति :  ७ मंसिर २०७८, मंगलवार ०७:४४


७ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा स्याङ्जा क्षेत्र नं १ बाट महाधिवेशन प्रतिनिधिमा वरिष्ठ पत्रकार एवं नेपालबहस डटकमका प्रधानसम्पादक इन्द्रबहादुर रिजाल चयन भएका छन् । हिजाे सोमबार भएकाे स्याङ्जा क्षेत्र नं १ काे निर्वाचनपछि आज बिहान प्राप्त अन्तिम मतगणनाको परिणाम सार्वजनिक भएको हाे ।

निर्वाचन समितिले सार्वजनिक गरेको मत परिणाम अनुसार संविधानसभा सदस्य राजु प्यानलबाट ९ जना र गोपालमान श्रेष्ठको प्यानलबाट खुल्लातर्फ एकजना महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।

परिणाम अनुसार थापा ८३२ मत, अजित अधिकारी क्षेत्री ७०५, तुलसी गिरी ६८०, गोविन्दबहादुर रानाभाट ५२३, भरतप्रसाद लम्साल ५३८, डोलबहादुर खड्का ५२३, प्रेमराज पौडेल ५१४, इन्द्रबहादुर रिजाल ४७५, भूमिबहादर गुरुङविश्व ४२० र श्रीराम उपाध्याय ४५१ मतसहित महाधिवेशन प्रतिनिधिमा चयन भएका हुन् ।

महाधिवेशन प्रतिनिधिका लागि खुल्लातर्फ २० जनाले प्यानलसहित उम्मेदवारी दिएका थिए । नेपाली कांग्रेस स्याङ्जाका कार्यबाहक सभापति बुद्धिबहादुर राना (कुमार) ले पराजय भोग्नु परेको छ । उनले ४३७ मतसहित ११ औँ स्थान हासिल गरेका छन् । पराजित हुनेहरुमा इन्द्रबहादुर गोदार ४३६, केशवराज लम्साल ३३८, गोविन्दकुमार कर्माचार्य २९७, डिलबहादुर खत्री क्षेत्री २२१, दीर्घनारायण शर्मा २३१, दीपक शर्मा वाग्ले ३९८, पवन नेपाल २३८, प्रेमबहादुर केसी २४५,  र यामबहादुर गुरुङ ४२० मत ल्याएर पराजित भएका छन् ।

यस्तै खसआर्यतर्फ महाधिवेशन प्रतिनिधीमा कृष्णप्रसाद अर्याल, गोपालप्रसाद ढकाल र शक्ति चन्द अधिकारी अर्याल निर्वाचित भएका छन् । जनजाति पुरुषतर्फ निर्वाचित हुने महाधिवेशन प्रतिनिधिहरुमा देवेन्द्र गुरुङ र इन्जिनियर अनुप श्रेष्ठ रहेका छन् । इन्जिनियर अनुप गोपालमान प्यानलका हुन् ।

अन्य समूहको मतगणना जारी छ । यस्तै क्षेत्र न २ मा पनि मतगणना जारी रहेको नेपाली कांग्रेस निर्वाचन समितिले जनाएको छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा