२२ मंसिर २०७८, बुधबार

गणपति लघुवित्तलाई लाभांश वितरण गर्न राष्ट्र बैंकको दियो अनुमति

प्रकाशित मिति :  ७ मंसिर २०७८, मंगलवार १२:०३


७ मंसिर, काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्थाले लगानीकर्तालाई लाभांश वितरण गर्न नियामक नेपाल राष्ट्र बैंकबाट अनुमति पाएको छ । कम्पनीले शेयरधनीलाई १९ प्रतिशत बोनस शेयर र कर तिर्न १ प्रतिशत नगद दिन लागेको हो ।

राष्ट्र बैंकको स्वीकृति पाएकाले अब वार्षिक साधारण सभामा बोनस शेयर अनुमोदनका लागि पेश हुनेछ । साधारण सभाले पारित गरेपछि मात्र वितरण प्रक्रिया अघि बढ्नेछ ।

कम्पनीको कात्तिक १० गते बसेको सञ्चालक समिति बैठकले शेयरधनीलाई १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको थियो ।

गणपतिले हाल कायम १२ करोड ७३ लाख ५६ हजार ७५० रुपैयाँ चुक्ता पुँजीमा उक्त बोनस तथा नगद लाभांश प्रस्ताव गरेको हो । अघिल्लो वर्ष गणपतिले १५ प्रतिशत बोनस शेयर कर तिर्न ०.७९ प्रतिशत दिएको थियो ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा