रत्नेचौर लिफ्ट खानेपानी आयोजना अलपत्र
नेपालबहस संवाददाता
मंसिर ७, २०७८ मंगलबार २०:३२:२५
७ मंसिर, म्याग्दी । कालीगण्डकीको पानी तानेर म्याग्दीको बेनी नगरपालिका–१ का घरघरमा खानेपानी सुविधा पुर्याउने उद्देश्यले सुरु भएको रत्नेचौर लिफ्ट खानेपानी आयोजना अलपत्र परेको छ ।
करिब रु सात करोडको खानेपानी आयोजनाले ठेक्का सम्झौता भएको १६ महिनासम्म पनि गति लिन नसकेको हो । सम्बद्ध कार्यालयको बेवास्ता र निर्माण व्यवसायीको लापरबाहीले प्रारम्भिक चरणको काम पनि हुन नसकेको बेनी नगरपालिका–१ रत्नेचौरका वडा अध्यक्ष टेकबहादुर रावलले बताए । “निर्माण व्यवसायीले गर्नेबाहेकका श्रमदानबाट गर्नुपर्ने काम गर्न उपभोक्ता बनाएका थियौँ,” उनले भने, “गत वर्ष काम हुन सकेन । यो वर्ष नाला खन्नेपुर्ने कामका लागि उपभोक्ता तयार छन् । छिटो काम अघि बढाउन निर्माण व्यवसायी र कार्यालयलाई ताकेता गरेका छौँ ।”
खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दी र प्राकृतिक–प्रदीप–जुम्ली जेभीबीच २०७७ साल असार २४ गते रु दुई करोड ७५ लाख ३६ हजार ५०६ मा ठेक्का सम्झौता भएको थियो । कूल रु ६ करोड ७६ लाख लागत अनुमान गरिएको आयोजनाको उपभोक्ता समितिले गर्नुपर्नेबाहेकका संरचना बनाउन ठेक्का लगाइएको हो ।
विसं २०७९ असार २३ गतेसम्म मुहानमा इनार, मुख्य लाइन, सङ्कलन, रिजर्भ र वितरण ट््याङ्कीलगायत संरचना निर्माण गरिसक्ने सम्झौता भएको आयोजनाको हालसम्म एउटा रिजर्भ ट््याङ्की पनि निर्माण पूरा भएको छैन । आधा काम भएको रिजर्भ ट््याङ्कीका संरचना पनि जीर्ण बनेका छन् । निर्माण कम्पनीका सञ्चालक र कार्यालयका प्रमुखबीचको असमझदारीले आयोजना प्रभावित बनेको वडाध्यक्ष रावलको गुनासो छ ।
विसं २०७७ माघ ११ गते सांसद भूपेन्द्रबहादुर थापाले आयोजनाको शिलान्यास गर्नुभएको थियो । सिमस्थित कालीगण्डकी नदी किनारबाट पानी तानेर रत्नेचौर, उपल्लाचौर र सालघारीमा २४३ घरधुरीमा निजी धारामार्फत खानेपानी वितरण गर्ने योजना छ । ३० हर्सपावर क्षमताको सम्पवयलको सहायताले प्रतिसेकेन्ड ४।७ लिटर पानी ४५० मिटर माथि सालघारीमा निर्माण हुने ११५ क्युबिक क्षमताको ट््याङ्कीमा खसालेर घरघरमा धारा जडान गरेर वितरण गरिने भएको छ ।
घरघरमा निजी धारा जडान गरेर खानेपानी वितरण गरिने यो आयोजनाको वितरण लाइनको कूल दूरी १८।७ किलोमिटर छ । निर्माण कम्पनीका सहायक ठेकेदार होमनाथ सापकोटाले कोरोनाको जोखिम, निषेधाज्ञा र बर्खाका कारण रोकिएको कामलाई तीव्रता दिने बताउनुभयो । “कार्यालयसँगको असमझदारी हटेको छ,” उनले भने, “काम सुचारु गर्ने तयारीमा छौँ । अब तीव्रताका साथै संरचना बनाउँछौँ ।”
रत्नेचौरमा विसं २०३५ मा निर्माण भएको खानेपानी आयोजना जीर्ण र अव्यवस्थित छ । जीर्ण संरचना र मुहान सुक्दै गएकाले पर्याप्त पानी आपूर्ति हुन सकेको छैन । आयोजना निर्माणमा भएको ढिलाइले खानेपानी उपभोग गर्न पाउने आशा गरेका नागरिक निराश बनेका स्थानीयवासी कृष्ण बोगटीले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबजेट अभावमा मर्मत भएन गण्डक जलविद्युतको टर्वाइन
चैत ८, २०८० बिहिबार
दुई हजार तीन सय ८० खानेपानी आयोजना निर्माण
चैत ८, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
आइतबारबाट विशेष अदालतमा अनलाइनबाटै मुद्दाको सुनुवाइ हुने
चैत १६, २०८० शुक्रबार
आयरल्याण्ड वुल्भ्सले नेपाललाई दियो २२३ रनको लक्ष्य
चैत १६, २०८० शुक्रबार
छिल्लीकोटबासीको मुख्य आम्दानीको स्रोत माडागेडी
चैत १६, २०८० शुक्रबार
लागुऔषध कोकिनको कारोबारमा संलग्न दुईजना पक्राउ
चैत १६, २०८० शुक्रबार
कपनबाट पेस्तोलसहित एकजना पक्राउ
चैत १६, २०८० शुक्रबार