२२ मंसिर २०७८, बुधबार

सानिमा जनरल इन्स्योरेन्सले लाभांश नदिने

प्रकाशित मिति :  ७ मंसिर २०७८, मंगलवार १६:१५


७ मंसिर, काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स कम्पनीले आव २०७७/७८ को मुनाफाबाट शेयरधनीलाई लाभांश नदिने भएको छ ।

कम्पनीको मंसिर ६ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीलाई कुनै पनि लाभांश वितरण गर्ने प्रस्ताव नगरेसँगै नदिने निश्चित भएको हो ।

आव २०७७/७८ को बीमा समितिबाट जारी निर्जीवन बीमा व्यवसाय गर्ने बीमकको वित्तीय विवरण सम्बन्धी निर्देशन बमोजिमको वित्तीय विवरण तथा एनएफआरएस बमोजिमको वित्तीय विवरणहरु पारित गरी बीमा समितिमा स्वीकृतीका लागि पेश गरेको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा