२३ मंसिर २०७८, बिहीबार
राजनीति

ओलीले रावललाई पनि समेटेर अध्यक्ष मण्डल बनाए

प्रकाशित मिति :  ७ मंसिर २०७८, मंगलवार २२:०९


७ मंसिर, काठमाडौं । एमाले महाधिवेशनमा केपी ओलीलाई चुनौति दिएका भीम रावललाई समेटेर अध्यक्ष मण्डल गठन गरेको छ । मंगलबार बसेको स्थायी कमिटी बैठकले अध्यक्ष मण्डलको गठन गर्दा रावललाई समेत समेटेका छन् । अध्यक्षमण्डलमा अध्यक्ष केपी ओली, उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, महासचिव ईश्वर पोखरेल र स्थायी कमिटी सदस्यहरू सुवास नेम्वाङ, रामबहादुर थापा, टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, केन्द्रीय कमिटी सदस्यहरू लालबाबु पण्डित र गोमा देवकोटा रहेका छन् ।

बैठकले सचिव पृथ्वीसुब्बा गुरुङसहितको माइन्युट कमिटी समेत गठन गरकेो छ । कमिटीमा नेताहरु सुर्य थापा, विष्णु रिजाल, मनोज थापा, ठाकुर गैरे, गोविन्द नेपाली र ज्वालाकुमारी साह रहेका छन् । २२७९ जना महाधिवेशन प्रतिनिधि सहभागी हुने भएका छन् । एमालेले प्रतिनिधि संख्या दुई हजारमा सीमित गर्ने भने पनि पार्टी सदस्य संख्या थप भएकाले प्रतिनिधिको संख्या बढेको नेता योगेश भट्टराईले जानकारी दिए ।

उनका अनुसार पदेन दुई सय ३८, अहिलेसम्म निर्वाचित १८ सय ८९ जना (केही जिल्लाको आउन बाँकी), निर्वाचित हुन बाँकी ६८ जना हुनेछन् । त्यसको पाँच प्रतिशत मनोनीत हुनेछन् । मनोनीत सदस्यको सूची मंगलबारको स्थायी कमिटीमा पेस भएको छ । निर्णय हुन भने बाँकी रहेको छ । महाधिवेशनले १५ जना पदाधिकारी र २२५ जना केन्द्रीय सदस्य निर्वाचित गर्नेछ ।

यस्तै, अनुशासन आयोगका अध्यक्षसहित १५ र लेखा आयोगका अध्यक्षसहित १५ जना पनि निर्वाचित गर्नेछ । बैठकले महाधिवेशनको बन्दसत्र सञ्चालनको निम्ति ११ सदस्यीय अध्यक्षमण्डल गठन गरेको छ । एमाले महाधिवेशन १० मंसिरमा चितवनमा सुरु हुँदै छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा