१० माघ २०७८, सोमबार

बोलेरोले ठक्कर दिँदा प्रहरीकाे मृत्यु, गाडीमा आगजनी

प्रकाशित मिति :  ७ मंसिर २०७८, मंगलवार २३:४१


७ मंसिर, सिन्धुली । बिपी राजमार्गअन्तर्गत कमलामाई नगरपालिका–८ करकरेमा भएको सवारी दुर्घटना एक जनाको मृत्यु भएको छ । कुखुरा बोक्ने बोलेरोले मोटरसाइकललाई ठक्कर दिँदा तेजेन्द्र बुढामगरको घटनास्थलमा नै मृत्यु भएको हो ।

मोटरसाइकल चालक बागलुङ जिल्ला साविक दलिन गाविस–९ निवासी बुढामगर पर्सा प्रहरी कार्यालयमा कार्यरत प्रहरी भएको खुल्न आएको प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाले जानकारी दिए ।

बर्दिबासबाट सिन्धुलीतर्फ आउँदै गरेको ना३६प ५७९ नम्बरको मोटरसाइकललाई बर्दिबासतर्फ जाँदै गरेको बा२च ९२२६ नम्बरको बोलेरोले ठक्कर दिएको उनले जानकारी दिए । मोटरसाइकल चालकको घटनास्थलमा नै मृत्यु भएपछि आक्रोशित स्थानीयले बोलेरोमा आगजनी गरी राजमार्ग अवरुद्ध गरेका छन् ।

आज साँझ दुर्घटना भएको र आक्रोशित स्थानीयले बोलेरोमा आगजनी गरेका कारण राजमार्ग अवरुद्ध भएको हो । तीन घण्टादेखि राजमार्ग खुलाउने प्रयास प्रहरीले गरे पनि राजमार्ग सञ्चालन हुन सकेको छैन ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा






कस्तो छ तपाईको आजको राशीफल ?
नेपालबहस संवाददाता