२३ मंसिर २०७८, बिहीबार

गुल्मीमा एकैपटक ८० हजार नागरिकलाई खोप लगाइँदै

प्रकाशित मिति :  ८ मंसिर २०७८, बुधबार ११:३५


८ गुल्मी, मंसिर । गुल्मीमा एकैपटक ८० हजार नागरिकलाई कोभिड-१९ विरुद्धको खोप लगाउन सुरु गरिएको छ । जिल्लामा अहिलेसम्म करिब साढे ६२ हजारले खोप लगाएका छन् । तर, मंगलबारबाट १८ वर्ष माथिका नागिरकलाई पुग्नेगरी खोप लगाउन सुरु भएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिए । मंगलबारबाट जिल्लाका १२ वटै स्थानीय तहका सबै स्वास्थ्य सस्थाबाट खोप अभियान सञ्चालन भइरहेको छ ।

जिल्ला आएको ८० हजारमध्ये ७९ हजार ६ सय डोज खोप १२ वटै स्थानीय तहमा पठाइएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख पशुपति आचार्यले जानकारी दिए । यो खोप १८ वर्ष भन्दा माथि र तीन महिनाको गर्भ नाघेका महिलालाई परिचय पत्रको आधारमा दिइने व्यवस्था मिलाइएको आचार्यले बताए । खोप अभियान बिहीबारसम्म चल्ने स्वास्थ्य कार्यालयले जनाएको छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा





किन घट्याे देउवाको क्रेज ?
नेपालबहस संवाददाता