२३ मंसिर २०७८, बिहीबार

मेरो माइक्रोफाइनान्सको २१.०५ प्रतिशत लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

प्रकाशित मिति :  ८ मंसिर २०७८, बुधबार ११:२६


८ मंसिर, काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज (मंसिर ८ गते) रहेको छ ।

कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका मंसिर ९ गतेदेखि २४ गतेसम्म गरेसँगै बुधवारसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई २० प्रतिशत बोनस शेयर र १ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले आगामी मंसिर २४ गते साधारण सभा आयोजना गरेको छ । सभा होटल वाटर टावर विदुर ४ बट्टार नुवाकोटको सभाकक्षमा बिहान ११ः३० बजे बोलाएको कम्पनीले बताएको छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा


किन घट्यौ देउवाको क्रेज ?
नेपालबहस संवाददाता