अब कीर्तिपुरवासीले निः शुल्क रगत पाउने
नेपालबहस संवाददाता
मंसिर ८, २०७८ बुधबार १७:५८:३९
८ मंसिर, काठमाडौं । कीर्तिपुर नगरवासीले निः शुल्क रगत पाउने भएका छन् । यसका लागि कीर्तिपुर नगरपालिका र नेपाल रेडक्रस सोसाइटीका बीच मंगलबार सम्झौता भएको छ । अब नगरवासीले रगत परीक्षण तथा रक्तथैलीका लागि पनि कुनै शुल्क तिर्न पर्ने छैन ।
नगरपालिकाको स्थायी बासिन्दा भएको प्रमाणित सरकारी कागजात (नागरिकता, मतदाता परिचय–पत्र ई) को प्रतिलिपिका आधारमा निःशुल्क रगतको सेवा उपलव्ध गराइने व्यवस्था गरिएको छ ।
काठमाडौं उपत्यकामा स्थानीयवासीलाई निःशुल्क रगत उपलब्ध गराउने कीर्तिपुर पहिलो पालिका भएको छ । यही मंसिर ७ गतेदेखि लागूहुने गरी नगरप्रमुख रमेश महर्जन र नेरेसोका अध्यक्ष नेत्रप्रसाद तिम्सिना बीच सो सम्झौतापत्रमा हस्ताक्षर समेत भएको छ ।
सम्झौतापत्रमा नगरपालिकाको तर्फबाट उपप्रमुख सरस्वती रिजाल खड्का र प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटा तथा सोसाइटीका तर्फबाट कार्यकारी निर्देशक उमेश ढकाल र केन्द्रीय रक्तसञ्चार सेवाका निर्देशक दिव्यराज पौडेलले पनि हस्ताक्षर गरेको थियो ।
प्रमुख प्रशासकीय अधिकृत सापकोटाले नगरवासीलाई निःशुल्क रगत उपलब्ध गराउने र नगरपालिकाबाट केन्द्रीय रक्तसञ्चार सेवामा रगत सङ्कलन कार्यमा सहयोग गर्ने ध्येयले सम्झौता गरिएकोे जानकारी दिए ।
नेरेसोका कार्यकारी निर्देशक ढकालले मानवीय सेवाका लागि नेरेसोले आफ्ना गतिविधि केन्द्रीत गरेको जानकारी दिँदै रक्त सञ्चार सेवालाई चुस्त बनाइने बताए । उनले भने “रक्तदानका बारेमा थप सचेतना आवश्यक छ । यसका लागि पालिकाहरुको अहं भूमिका हुन्छ । ” केन्द्रीय रक्तसञ्चार सेवाका निर्देशक पौडेलले भने “सुलभ र निःशुल्क रगत उपलव्ध गराउन यो सम्झौता एउटा महत्वपूर्ण सुरुआत हो । अन्य स्थानीय निकायसँग पनि सहकार्य बढाउँदै लगिने छ ।”
रगत परीक्षण र सेवाशुल्कको लागि नगरपालिकाले रु १० लाख बिनियोजन गरेको जनाइएको छ । सम्झौतामा रगतको आपूर्ति बमोजिम केन्द्रीय रक्तसञ्चार सेवालाई शोधभर्ना दिइने उल्लेख छ । त्यस्तै नगरपालिकाका हरेक वडाले वर्षका कम्तिमा दुइपटक रक्तदान कार्यक्रम आयोजना गरी केन्द्रीय रक्तसञ्चार सेवामा रगत आपूर्ति बढाउन सहयोग गर्नेछन् ।
कार्यक्रममा रक्तदानको महत्व र अवस्थाका बारेमा नेरेसोका उपनिर्देशक डा प्रकाश यादवले जानकारी दिएको थियो । सो कार्यक्रममा नेरेसोका उपाध्यक्षद्वय शर्मिला कार्की र डा विश्वकेशर मास्के, कोषाध्यक्ष सीताराम कोइराला, उपकोषाध्यक्ष होम पाठक तथा विभिन्न वडाका वडाध्यक्षको सहभागितो थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं महानगरको सम्पदा यात्राः विपत्तिबाट पाठ सिक्नुपर्नेमा जोड
बैशाख ६, २०८१ बिहिबार
महानगरका महिला जनप्रतिनिधि र कर्मचारीको क्यान्सर जाँच शिविर
बैशाख ४, २०८१ मंगलबार
वैशाख १९ गतेदेखि कामपाले एक महिने ‘सीप मेला’ आयोजन गर्ने
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा
बैशाख ८, २०८१ शनिबार
अब आन्तरिक कलह हट्नुपर्छ : नेतान्याहु
बैशाख ८, २०८१ शनिबार
सगरमाथा आरोहण उत्साहजनक : आरोहणबाट उठ्यो ५० करोडभन्दा बढी राजस्व
बैशाख ८, २०८१ शनिबार
आगो निभाउन गएको दमकल दुर्घटना, ६ जना घाइते
बैशाख ८, २०८१ शनिबार
वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व संकलन
बैशाख ८, २०८१ शनिबार
भन्सार छलेर ल्याएका ५० लाखका कपडा र काजु बरामद
बैशाख ८, २०८१ शनिबार