२२ मंसिर २०७८, बुधबार
बीमा बजार

लगानी कोषले गर्यो डेढ करोड बढि कोभिड मुत्यु भुक्तानी

प्रकाशित मिति :  ८ मंसिर २०७८, बुधबार १५:२४


८ मंसिर, काठमाडौं । नागरिक लगानी कोषले कोभिड–१९ को प्रकोपबाट मृत्यु भएका सहभागीका हकवालालाई एक करोड ६८ लाख भुक्तानी गरेको छ । कोभिड–१९ को सुरुआतदेखि नै कोभिडबाट मृत्यु हुनेका आश्रित परिवारलाई राहत पुर्याउने उद्देश्यले मृत्यु हुनेका हकवालालाई जनही दुई लाख उपलब्ध गराउने कोषले निर्णय गरेको थियो ।

सोही क्रममा कोषले गत साउन ५ गतेसम्म कोभिडबाट मृत्यु हुनेलाई सो रकम उपलब्ध गराएको जनाएको छ । कोषले हालसम्म कोभिडबाट मुत्यु भएकाका ८४ सहभागीका हकवालालाई कर्मचारी बचत वृद्धि स्वीकृत अवकाश कोषबाट सो रकम प्रदान गरेको हो ।

कोषका वरिष्ठ अधिकृत तारानाथ भट्टराई र अधिकृत पुरुषोत्तम भट्टराईले कोभिडबाट मृत्यु भएका कोषका सहभागी बुटवल निवासी कन्हैया थारुकी श्रीमती पार्वती थारुलाई आज दुई लाखको चेक हस्तारण गरेको छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा