२३ मंसिर २०७८, बिहीबार

शाइन रेसुङ्गा बैंकले बोलायो २९ मंसिरमा साधारणसभा

प्रकाशित मिति :  ८ मंसिर २०७८, बुधबार १६:३०


८ मंसिर, काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले २९ मंसिरमा १३अ‍ैँ वार्षिक साधारणसभा बोलाएको छ । बैंकले महाराजा रिसोर्ट प्रा.लि., बुटवल उपमहानगरपालिका-११, रुपन्देहीमा बिहान ११ बजे सभा आह्वान गरेको हो ।

सभामा हाल कायम चुक्ता पूँजीको १० दशमलव ९३ प्रतिशत बोनस शेयर, सोको कर प्रयोजनार्थ शून्य दशमलव ५७ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित हुनेछ ।

अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनसम्बन्धी सम्पूर्ण काम गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, नियमावलीको संशोधन गर्ने लगायतका एजेण्डा छन् ।

सभा प्रयोजनका लागि बैंकले १७ देखि २९ मंसिरसम्म बुक क्लोज गर्ने भएको छ। यसअनुसार १६ मंसिरसम्म नेप्सेमा कारोबार भइ कायम रहेका सेयरधनीले सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा




किन घट्याे देउवाको क्रेज ?
नेपालबहस संवाददाता