२३ मंसिर २०७८, बिहीबार

बैंक अफ काठमाण्डूको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

प्रकाशित मिति :  ९ मंसिर २०७८, बिहीबार ०७:३१


९ मंसिर, काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज (मंसिर ९ गते) रहेको छ ।

कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका मंसिर १० गते बन्द गर्ने भएसँगै बिहीवार (मंसिर ९ गते) सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र ४ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारितका लागि कम्पनीले आगामी मंसिर २९ गते साधारण सभा आयोजना गरेको छ ।

सभा बिहान १० बजे नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा हुने कम्पनीले जानकारी गराएको हो ।

 


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा