२२ मंसिर २०७८, बुधबार

प्राइम लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

प्रकाशित मिति :  ९ मंसिर २०७८, बिहीबार ०७:३८


९ मंसिर, काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज (मंसिर ९ गते) रहेको छ ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि शुक्रवार ९मंसिर १०० गते बुक क्लोज गर्ने भएसँगै बिहीवारसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

कम्पनीले आव २०७६/७७ को मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७८९४ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्ताव पारितका लागि कम्पनीले मंसिर १९ गते साधारण सभा आयोजना गरेको छ । सभा अग्रवाल भवन, कमलपोखरी, काठमाडौंमा दिनको २ बजे गर्ने कम्पनीले जानकारी गराएको छ ।

 


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा