२३ मंसिर २०७८, बिहीबार

नेशनल लाइफ इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा

प्रकाशित मिति :  ९ मंसिर २०७८, बिहीबार १०:४७


९ मंसिर, काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर बिक्री खुल्ला गरिएको छ । कम्पनीले ५७ हजार १९२ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।

कम्पनीले बिहीवार एक सूचना जारी गर्दै कम्पनीको संस्थापक शेयरधनी एनआईसी एशिया बैंकको नाममा रहेको उक्त शेयर विक्री गर्ने जानकारी गराएको हो । शेयरको प्रतिकित्ता मूल्य भने तोकिएको छैन ।

उक्त शेयर खरीद गर्न इच्छुक यस कम्पनीका हाल कायम रहेका संस्थापकहरुले यो सूचना प्रकाशित गरेको आजको मितिले ३५ दिनभित्र कम्पनीको प्रधान कार्यालय, लाजिम्पाट, काठमाडौंमा आइपुग्ने गरी निवेदन पेश गर्न अनुरोध गरेको छ ।

उक्त समय अवधिमा शेयर खरीद गर्न निवेदन नआएमा अन्य जो कोही व्याक्ति संघ संस्थालाई विक्री गर्ने कम्पनीले जानकारी गराएको हो ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा



किन घट्यौ देउवाको क्रेज ?
नेपालबहस संवाददाता