२३ मंसिर २०७८, बिहीबार

साना किसान लघुवित्तद्वारा उच्च लाभांश घोषणा

प्रकाशित मिति :  ९ मंसिर २०७८, बिहीबार ११:२४


९ मंसिर, काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीले गत वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश घोषणा गरेको हो ।

कम्पनीले २५ प्रतिशत बोनस शेयर र १ दशमलव ३१ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्ताव नेपाल राष्ट्रबैंकबाट स्वीकृती पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउने छन् ।

कम्पनीको मंसिर ८ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले चालु आर्तिक वर्षको पहिलो त्रैमासमा १६ करोड ५४ लाख रुपैयाँ मुनाफा गरेको छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा




किन घट्याे देउवाको क्रेज ?
नेपालबहस संवाददाता