जुकेपानीका महिला पिँडालु खेतीतर्फ आकर्षित
नेपालबहस संवाददाता
मंसिर ९, २०७८ बिहिबार १८:१४:२
दयाराम आचार्य
९ मंसिर, कावासोती । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको हुप्सेकोट गाउँपालिकाअन्तर्गत पर्ने जुकेपानीका महिला पिँडालु खेतीतर्फ आकर्षित भएका छन् ।
अन्य खेतीभन्दा पिँडालु खेती गर्न सहज हुने भएपछि उनीहरु यसतर्फ आकर्षित भएका हुन् । तरकारी खेतीका लागि परिचित जुकेपानीका महिलाले अहिले पिँडालु खेतीबाट आफ्नो घर खर्च चलाउँदै आएका छन् ।
जुकेपानीकी सानुमाया तामाङले पिँडालु खेती गर्न थालेको १५ वर्ष भयो । पिँडालु खेतीबाट नै उहाँले आफ्नो घर खर्च धानेकी छिन् । उनले अहिले सात कठ्ठा क्षेत्रफलमा पिँडालु खेती गरेको छ । जुकेपानीमा पानीको अभाव भएका कारण धान, गहुँ, तोरीलगायतका बाली राम्रो हुँदैन । जसका कारण यहाँका अधिकांशले पिँडालु खेती गर्ने गरेको तामाङले बताइन् । पिँडालु खेती गर्न धेरै लगानी पनि नलाग्ने, मेहेनत पनि धेरै नपर्ने र राम्रो आम्दानी हुने भएपछि यहाँका महिला यसतर्फ आकर्षित हुँदै गएको उनको भनाइ छ ।
उनका अनुसार एकपटक लगाएपछि वर्षेनी बीउसमेत त्यही बोटबाट निस्कने भएकाले बीउ पनि खरिद गर्नुपर्दैन । वर्षेनी ३०/४० क्विन्टलसम्म पिँडालु उत्पादन गर्दै आएका सानुमाया तामाङले भनिन्, “पहिले–पहिले त हामीले पिँडालु डोकोमा बोकेर कावासोती बजार गएर धान साटेर ल्याउँथ्यो, पिँडालुसँग अरु सामान साट्थ्यौँ, तर अहिले धेरै सजिलो भएको छ, घरमै गाडी लिएर पिँडालु लिन आउँछन् ।”
अर्की किसान पूर्णमाया तामाङले पनि विगत १२ वर्षदेखि पिँडालु खेती गर्दै आएकी छिन् । अन्य कुनै आम्दानीको बाटो नहुँदा यसै पिँडालु खेतीबाट आफ्नो परिवारको पेट पाल्दै आएको विगत सम्झँदै उले भनिन् । “पहिले त धेरै दुःख थियो । बाटोघाटो राम्रो थिएन । बजारसम्म हिँडेरै पुग्नुप¥थ्यो । डोनकामा बोकेर पिँडालु बेच्थ्यौँ । धेरैजसो धान गहुँसँग साट्थ्यौँ । अहिले समय धेरै परिवर्तन भइसकेको छ । अहिले जुकेपानीको घरघरमा बाटो पुगेको छ”, उनले भनिन्, “अहिले त काठमाडौँ, बुटवल, पोखराबाट गाडी लिएर घरघरै पिँडालु लिन आउछिन् । अग्रिम बुकिङ गर्छिन् । बजारको लागि कुनै समस्या छैन ।”
पूर्णमायाले अहिले १० कठ्ठा क्षेत्रफलमा पिँडालु खेती गरेकी छिन् । उनले वर्षेनी ५० देखि ६० क्विन्टलसम्म पिँडालु उत्पादन गर्दै आएकी छिन् । गत वर्ष रु ४५ का दरले धार्नीमा बिक्री गरेको उनले बताइन् । पछिल्ला वर्षहरूमा रु एक लाखसम्म उनले आम्दानी गर्दै आएको बताइन् । पिँडालुको मूल्य निकै कम पाइने गुनासो उहाँको छ । यसपटक त प्रतिकिलोग्राम रु ६० सम्म बिक्री हुन्छ कि भन्ने आसमा यहाँका किसान छन् ।
पिँडालु खेतीले यहाँको समुदायलाई सामूहिकरूपमा काम गर्ने परम्पराको विकाससमेत गरेको छ । जुकेपानीको तामाङ टोलका २५ घरले पिँडालु खेती गर्छन् । रोप्नुअघि जङ्गलमा गएर पातपतिङ्गर ल्याएर थुपार्नुपर्छ । पिँडालु रोप्ने समयमा धेरै खेताला लाग्छ । रोपेपछि माथिबाट पतिङ्गरले राम्रोसँग छोप्नुपर्छ । यो काम गर्न धेरै समय लाग्छ । खेताला पनि धेरै चाहिन्छ । २५ घरका सबै मिलेर सामूहिकरूपमा पालैपालो एकअर्काकोमा काम गर्ने गरेको अर्की किसान सम्झना तामाङले बताइन् । सबै मिलेर गर्दा खर्च नलाग्ने, समयको बचत हुने र मेहेनत पनि कम पर्ने उनको भनाइ छ । यहाँका २५ घरधुरीले पाँचदेखि १५ कठ्ठासम्म पिँडालु खेती गर्ने गरेको उहाँले जानकारी दिए ।
पिँडालुको व्यवसायिक खेतीका लागि कृषि पूर्वाधार, गुणस्तरीय बीउ, ढुवानी, सङ्कलन केन्द्र र बजार प्रवद्र्धनलगायतका कार्य सहज बनाउनुपर्ने किसानको जोड छ । यसका साथै किसानको क्षमता विकास, एकीकृत घुम्ती प्रयोगशाला सेवा, उत्पादन सामग्री सहयोग, कृषि यान्त्रिकरण, प्रशोधन तथा बजारीकरणमा सहयोग गर्नुपर्ने उनीहरुको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपछिल्लीकोटबासीको मुख्य आम्दानीको स्रोत माडागेडी
चैत १६, २०८० शुक्रबार
चैते धानमा किसानको आकर्षण बढ्दै
चैत १५, २०८० बिहिबार
किसानले यस वर्षको कुचो नकाटी बगानमै छाडे
चैत १५, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार