२३ मंसिर २०७८, बिहीबार
कोभिड संक्रमण तीब्र

फ्रान्समा बयस्कलाई बुस्टर डोज दिने तयारी

प्रकाशित मिति :  ९ मंसिर २०७८, बिहीबार १३:१४


९ मंसिर, पेरिस । फ्रान्स सरकारले सबै बयस्कहरुलाई कोभिड १९ को बुस्टर डोज दिने तयारी गरेको छ । यसबारेमा सरकारले बिहीबार औपाचारिक रुपमा घोषणा गर्दैछ । देशमा कोभिड संक्रमण तीब्र बढेपछि सरकारले सबै बयस्कलाई बुस्टर डोज दिने तयारी गरेको हो । त्यस्तै, संक्रमण न्यून गर्न केही प्रतिबन्धात्मक व्यवस्थासमेत घोषणा गरिएको छ ।

राष्ट्रपति इम्यानुअल म्याँक्रो नेतृत्वको सरकारले बुधबार सामाजिक दूरी कायम गर्न र सबैलाई मास्क लगाउन निर्देशन दिएको थियो । सरकारले फेरि लकडाउन लगाउने तयारीमा भने नगरेको जनाइन्छ ।

रेस्टुराँ, क्याफे, सिनेमा हल, म्युजियम, खेल मैदान जस्ता धेरै भिड हुने स्थानमा बुस्टर डोज लगाएका व्यक्तिलाई मात्र प्रवेशका लागि अनुमति दिने सरकारको तयारी छ ।

फ्रान्समा बुधबार ३२ हजार कोभिडका नयाँ संक्रमित भेटिएका थिए । पछिल्लो समयमा युरोपेली देशहरुमा कोभिड संक्रमण तीब्र बढिरहेको छ । संक्रमण बढेपछि यसै सातादेखि अस्ट्रियाले तीन साताका लागि देशव्यापी लकडाउन घोषणा गरेको छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा

किन घट्यौ देउवाको क्रेज ?
नेपालबहस संवाददाता