घरघरमा खानेपानीको पहुँच पुगेपछि स्थानीयवासीमा खुसी
नेपालबहस संवाददाता
मंसिर ९, २०७८ बिहिबार २०:२५:१७
९ मंसिर, खलङ्गा । जुम्लाको तिला गाउँपालिका–६ स्थित विकट बस्ती सुडिगाउँमा घरघरमा खानेपानीको पहुँच पुगेपछि स्थानीयवासीमा खुसी छाएको छ । सो गाउँ अहिलेसम्म राष्ट्रिय सडक सञ्जालबाट जोडिएको छैन ।
यो क्षेत्रका नागरिकले दैनिक उपभोग्य वस्तुदेखि विकास निर्माणका सामग्री पिठ्युँमा र खच्चरबाटै बोकेर लैजाने गर्छन् । स्थानीयवासीले उत्पादित वस्तु पनि पिठ्युँमै बोकेर गाउँपालिकाको व्यापारी केन्द्र रारासेरी बजारमा बिक्रीका लागि लैजाने गर्छन् । विकट ठाउँ भएपनि अहिले घरघरमा खानेपानीका धारा पुगेको स्थानीयवासी गोरीकला रावतले बताए ।
प्रत्येक घरधुरीमा धारा जडान भएपछि खानेपानीको सुविधा पुगेको स्थानीयवासी बताउँछन् । अनुकूलन कोषको आर्थिक सहयोग, वन तथा वातावरण मन्त्रालय र विश्व खाद्य कार्यक्रमको साझेदारी तथा साझेदारी सहयोग केन्द्र पेस नेपाल जुम्लाले प्रत्येक घरमा खानेपानी धारा जडान गरेको पेस नेपाल जुम्लाका सव इञ्जिनीयर हर्कबहादुर रावतले बताए ।
कर्णाली क्षेत्रको खाद्य उत्पादन तथा खाद्य सुरक्षामा जलवायु परिवर्तनद्वारा सिर्जित चुनौती अनुकूलनसम्बन्धी कार्यक्रम क्याप्स कर्णाली परियोजनाअन्तर्गत खानेपानी धारा जडान गरिएको पेस नेपाल जुम्लाले जनाएको छ । प्रत्येक घरधुरीका ‘क’ र ‘ख’ वर्गले ७९ दिन काम गरेर खानेपानी आयोजना निर्माण भएको सवइञ्जिनीयर रावतले बताउनुभयो । खानेपानी आयोजना निर्माण गरेबापत ‘क’ र ‘ख’ वर्गका प्रत्येक घरधुरीले रु ५७ हजार ६३२ प्राप्त गरेका छन् ।
आयोजनाबाट ९७ घरधुरीका नागरिकले ७९ दिन रोजगार पाउनुका साथै घरमै खानेपानीको सुविधा प्राप्त गरेका छन् । आयोजना सम्पन्न गर्न रु ८४ लाख ८५ हजार ५१७ खर्च भएको पेस नेपाल जुम्लाले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकुकुरभुक्कामा ५५ वर्षअघि निर्माण गरिएको गुर्गी सिँचाइ आयोजना अलपत्र
बैशाख १०, २०८१ सोमबार
माथिल्लो अरुण र दुधकोसी आयोजनाको सुरुङ खन्न टनेल बोरिङ मेसिङ प्रयोग गरिने
बैशाख १०, २०८१ सोमबार
एघार करोडको लिफ्ट सिँचाइ योजना अलपत्र
बैशाख ९, २०८१ आइतबार
गोदावरी बैठक छाडेर घरमै आराम गरिरहेका छन ओली
नेपालबहस संवाददाता
बैशाख ९, २०८१ आइतबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
कतारका अमिरको नेपाल भ्रमणः सार्वजनिक विदामै अलमलियो मन्त्रिपरिषद
बैशाख १०, २०८१ सोमबार
सुनचाँदीको मुल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
बैशाख ११, २०८१ मंगलबार
जर्मनीको फ्रयान्कफर्टमा रन्जु यादवको एकल चित्रकला प्रदर्शनी
बैशाख ११, २०८१ मंगलबार
लोकतन्त्र दिवसको सान्दर्भिकता
बैशाख ११, २०८१ मंगलबार
बन्दीपुरको सौन्दर्यता र मौलिकता कायम राख्न व्यवसायीलाई आग्रह
बैशाख ११, २०८१ मंगलबार
काभ्रेमा तामाङ युवाको सक्रियतामा छ्योर्तेन निर्माण
बैशाख ११, २०८१ मंगलबार
६ जना महिला क्रिकेट खेलाडी मलेसिया प्रस्थान
बैशाख ११, २०८१ मंगलबार