२३ मंसिर २०७८, बिहीबार

आँखामा माटो छर्की ३ लाख लुटपाट

प्रकाशित मिति :  ९ मंसिर २०७८, बिहीबार १४:५५


९ मंसिर, दोलखा । भिमेश्वर नगरपालिका-९ रातो आहाल भन्ने स्थानबाट सिन्धुपाल्चोक लिशंखुपाखर गाउँपालिका-५ स्थित निर्धन उत्थान लघुवित्तीय संस्थाको कर्मचारी सूर्य बहादुर प्याकुरेलको साथबाट नगद ३ लाख ७६ हजार रुपैयाँ बुधबार दिउँसो लुटपाट भएको छ ।

भिमेश्वर नगरपालिका-९ झक्रिचौरमा मासिक मिटिङमा उठेको उक्त नगद लिएर बागमती प्रदेश ०२-०१८प ६५५६ नम्बरको मोटरसाइकलमा कार्यालयतर्फ जाँदै गरेको अवस्थामा ४ जना अपरिचित व्यक्तिहरुले आँखामा माटो छर्की उक्त नगद लुटी फरार भएको बताइएको छ ।

उक्त घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी खरिढुङ्गाबाट खटिएको प्रहरीले लुटपाटमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा