२३ मंसिर २०७८, बिहीबार

होटलबाट २ थान पेस्तोल र ७ राउण्ड गोली बरामद

प्रकाशित मिति :  ९ मंसिर २०७८, बिहीबार १४:५७


फाइल तस्विर

९ मंसिर, कैलाली । कैलाली प्रहरीले सिद्धार्थ होटलबाट २ थान पेस्तोल र ७ राउण्ड गोली बरामद गरेको छ । प्रहरीले टिकापुर नगरपालिका-१ स्थित सिद्धार्थ होटलको ३०१ नम्बरको कोठाबाट २ थान पेस्तोल र सोही पेस्तोलमा लाग्ने ७ राउण्ड गोली बुधबार दिउँसो बरामद गरेको हो ।

होटलमा अवैध हतियार राखेको हुन सक्ने भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उक्त होटलको कोठा खानतलासी गर्ने क्रममा बाथरुमभित्र शौचालयको कमडको पछाडी खाली भागभित्र लुकाई राखेको अवस्थामा उक्त हतियार फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा

किन घट्यौ देउवाको क्रेज ?
नेपालबहस संवाददाता