२३ मंसिर २०७८, बिहीबार

२ ट्रक लागुऔषधसहित चार जना पक्राउ

प्रकाशित मिति :  ९ मंसिर २०७८, बिहीबार १५:०६


९ मंसिर, पर्सा । पर्सा प्रहरीले २ वटा ट्रक लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार वीरगञ्ज महानगरपालिका वडा नं।२५ बहुअरी सडकखण्डमा ट्रकमा लकाई ल्याएको लागुऔषधसहित नियन्त्रणमा लिएको हो ।

प्रहरीको चेकिङग टोलीले ड्राईपोर्टबाट परवानीपुरतर्फ जाँदै गरेका बा. ३ ख ८८०८ नम्बरको मिनी ट्रकमाथि शंका लागी खानतलासी गर्दा उक्त गाडीको चालक बस्ने सिटमुनि बोराभित्र लुकाइछिपाई ल्याएको लागु औषध कोरेक्स ५४ बोत्तल र सोही समयमा ना. ५ ख ६८७७ नम्बरको ट्रकलाई रोकी जाँच गर्दा चालक बस्ने सिटमुनि बोराभित्र लुकाइछिपाई ल्याएको लागु औषध कोरेक्स २२३ बोत्तल गरी जम्मा २७७ बोत्तल बरामद गरेको हो ।

बरामद लागु औषधहरू तथा दुईवटै ट्रक र निम्न व्यक्तिहरूलाई नियन्त्रणमा लिई लागुऔषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाइएको छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा