२२ मंसिर २०७८, बुधबार

कारबम विस्फोटमा परी पाँचको मृत्यु

प्रकाशित मिति :  ९ मंसिर २०७८, बिहीबार १५:१८


९ मंसिर, मोगादिसु । सोमालियाको राजधानी मोगादिसुनजिकै बिहीबार भएको एक कारबम विस्फोटमा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको छ । यस विस्फोटमा परी अन्य १५ जना घाइते भएका एक सुरक्षा स्रोतले जानकारी दिएको छ । पाँच जनाको मृत्यु हुनुको साथै अन्य १५ जना घाइते भएका पुष्टि भएको सुरक्षा अधिकारी मोहम्मद अब्दिल्लाहीले एएफपीलाई बताएको छ ।

आक्रमणको कारण थाहा नभएको सुरक्षा स्रोतले जानकारी दिएको छ । मोगादिसुको आमिन एम्बुलेन्स सेवाका निर्देशक अब्दिकादिर अब्दिरहमानले ट्वीटरमा भग्नावशेषको तस्बिर साझा गर्दै बम विष्फोटलाई दुःखद घटना भएको बताएको छ । उक्त विस्फोटको जिम्मेवारी तत्कालै कसैले लिएको छैन, तर जिहादी अल–शबाब समूहले मोगादिसुमा यसअघि पनि यसप्रकारको आक्रमणहरु गराउँदै आएको हुनाले बिहीबार भएको आक्रमण पनि यसै समूहको हात रहेको अनुमान गरिएको छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा