२३ मंसिर २०७८, बिहीबार

बेलायतमा कोरोना संक्रमितको संख्या एक करोड पुग्यो

प्रकाशित मिति :  ९ मंसिर २०७८, बिहीबार १५:२३


९ मंसिर, लन्डन । बेलायतमा कोरोना भाइरस संक्रमितको संख्या करिब एक करोड पुगेको छ । बुधबार एकै दिनमा ४३ हजार ६७६ जना संक्रमित भएपछि कूल संक्रमितको संख्या ९९ लाख ७४ हजार ८४३ पुगेको जनाइएको छ । यहाँका स्वास्थ्य अधिकारीले जनाएअनुसार अहिले दैनिक कम्तीमा पनि ४० हजार जनामा यो भाइरसको संक्रमण भेटिने गरेकोे छ । यहाँ बुधबार ४३ हजार ६७६ जना थप व्यक्ति संक्रमित भएका समाचारमा उल्लेख छ । बेलायतमा एक लाख ४४ हजार २८६ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

बेलायतमा बुधबार मात्र १४९ जना कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै बेलायतमा अहिलेसम्म कोरोनाका कारण करिब एक लाख ४४ हजार २८६ जनाको मृत्यु भएको छ । बेलायतमा कोरोना भाइरसबाट संक्रमित भएकामध्ये आठ हजार जनाभन्दा बढी अझै पनि अस्पतालमै उपचाररत रहेका छन् ।

यहाँका १२ वर्षमाथिका झन्डै ८८ प्रतिशत मानिसले कोरोना भाइरसविरुद्धको खोपको पहिलो मात्रा लगाएका छन् । त्यसैगरी करिब ८० प्रतिशतले दुवै मात्रा खोप लगाएका पनि स्वास्थ्य मन्त्रालयलको तथ्याङ्कमा उल्लेख छ । २७ प्रतिशत भन्दा बढीले तेस्रो डोज खोप पनि लगाएको समाचारमा जनाइएको छ ।

पछिल्ला केही दिनमा यहाँ संक्रमण झन् बढेको पाइएको सरकारी अधिकारीले बताएका छन् । सरकारी प्रयासका बाबजुत यहाँ संक्रमित हुनेको दरमा कमी नआएको स्वास्थ्य अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा








किन घट्याे देउवाको क्रेज ?
नेपालबहस संवाददाता