२३ मंसिर २०७८, बिहीबार

रेखा थापा राजेन्द्र लिङ्देनको पक्षमा

प्रकाशित मिति :  ९ मंसिर २०७८, बिहीबार १५:३०


९ मंसिर, काठमाडौं । कलाकार रेखा थापा कुन पार्टीमा आवद्ध छिन् भन्ने चासो बढिरहेका बेला उनी राप्रपामै रहेको संकेत दिएकी छन् । बिहीबार राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देनले उम्मेद्वारी घोषणा गरे ।

जमलको एलोप्यागोडा होटेलमा भएको उम्मेदवारी घोषणा कार्यक्रममा सहभागी भएर रेखाले आफू लिङ्देनको पक्षमा रहेको सन्देश दिएकी छन् ।

अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर जबरा र डा। प्रकाशचन्द्र लोहनीलाई टक्कर दिँदै युवा नेताहरूको दरिलो समर्थनमा लिङ्देनले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् ।

युवा नेतासहित धमलशमशेर राणासहित नेताहरूको समर्थन प्राप्त गरेको लिङ्देनलाई अभिनेत्री, निर्माता, निर्देशकसमेत रहेकी रेखाले पनि समर्थन जनाएकी हुन् । राप्रपाको महाधिवेशन १५–१७ मंसिरमा हुँदै छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा