२२ मंसिर २०७८, बुधबार

एमाले महाधिवेशनमा शुभकामना दिन ठाकुर चितवनमा

प्रकाशित मिति :  ९ मंसिर २०७८, बिहीबार १६:१५


९ मंसिर, चितवन । एमालेको १०औं राष्ट्रिय महाधिवेशनलाई शुभकामना दिन लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर चितवन आइपुगेका छन् ।

बुद्ध एयरबाट उनी बिहीबार नै चितवन आइपुगेका हुन् । एमालेले संसदमा प्रतिनिधित्व गर्ने सातवटा राजनीतिक दललाई महाधिवेशनमा अतिथिका रूपमा बोलाएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा, जसपा नेता उपेन्द्र यादव, राप्रपा अध्यक्ष कमल थापा, जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले महाधिवेशनमा शुभकामना मन्तव्य दिने तय भइसकेको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिएका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने चितवन आउने नआउने निश्चित भइसकेको छैन । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भने एमालेले निम्तो गरेको छैन ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा