कांग्रेस अधिवेशनले होटेल चलायमान
नेपालबहस संवाददाता
मंसिर ९, २०७८ बिहिबार २२:२२:४९
९ मंसिर, खोटाङ । कांग्रेस अधिवेशनका कारणा खोटाङका होटेल व्यववसायीले केही राहत महसुस गरेका छन् । कोभिड-१९ को महामारीका कारण दुई वर्षदेखि ग्राहक नपाउँदा सुस्ताएको दिक्तेल, हलेसी र सिमपानीका होटेलहरू कांग्रेस अधिवेशनको जमघटका कारण चलायमान बन्न पुगेको छन् ।
होटेल तथा पर्यटन व्यवसायी संघ खोटाङका अध्यक्ष जेपी राईका अनुसार महामारीका कारण घाटा बेहोरिरहेका होटल सञ्चालकलाई अधिवेशनले राहत दिएको छ । ५-६ दिनयता दिक्तेल बजारका होटेल व्यवसायीलाई ग्राहकको सेवा गर्न भ्याइनभ्याइ छ । महाधिवेशनमा सहभागी हुन आएका प्रतिनिधिका कारण दिक्तेल बजारका अधिकांश होटेल भरिएका छन् । छोटो समयका लागि भए पनि व्यवसायीलाई राहत महसुस गराएको राईले बताए ।
जिल्ला अधिवेशनका लागि क्षेत्रीय कार्य समिति ‘प्रदेश ख’ बाट एक हजार तीन सयभन्दा बढी प्रतिनिधि दिक्तेलमा भेला भएका छन् । प्रतिनिधिसँगै नेता तथा कार्यकर्ता समेत भेला भएका छन् । ६ मंसिरका लागि तोकिएको जिल्ला अधिवेशनन चुनावी प्रकृयाका कारण चार दिन लम्बिदा होटेल व्यवसायीलाई फाइदा मिलेको छ ।
होटेल तथा पर्यटन व्यवसायी संघका अनुसार दिक्तेलमा साना तथा ठूलागरी १६० वटा जति होटेल छन् । अधिवेशनले गराएको जमघटले दिक्तेलमा दैनिक लजिङ-फुडिङमा कम्तीमा १३-१४ लाखको कारोबार भइरहेको व्यवसायी बताउँछन् । उद्योग वाणिज्य संघ खोटाङका पूर्वअध्यक्ष राजु लयालुका अनुसार दिक्तेल बजारका होटल सञ्चालकले कोभिड-१९ को महामारीपछि यो मात्रामा आम्दानी गरेको पहिलो हो ।
कांग्रेस क्षेत्रीय कार्य समिति ‘प्रदेश क’को अधिवेशनन हलेसी र ‘प्रदेश ख’को अधिवेशन सिमपानीमा ३ मंसिरमा गरिएको थियो । क्षेत्रीय अधिवेशनले पनि हलेसी र सिमपानीका होटल व्यवसायी लाभान्वित भएका छन् । ‘कोभिडले सुस्ताएको होटल व्यवसायलाई कांग्रेसको अधिवेशनले केही राहत दिएको छ ।
पाँच दिनमा दुई हजार मान्छेको चलखेल हुँदा दैनिक खानामा मात्र १४ लाख रुपैयाँ खर्च हुन पुगेको देखिन्छ,’ पूर्वअध्यक्ष लयालुले भने, ‘बजार केही चलायनमा भएको छ । व्यवसायीमा उत्साह जगाएको छ । यो बीचमा दुईदेखि अढाई करोडको व्यापार भएको आंकलन गरिएको छ ।’
कोभिड-१९ को महामारीका कारण हलेसीका दर्जनौं सुविधासम्पन्न होटल सुस्ताएको अवस्था छ । हलेसी मन्दिर आउने पर्यटक एवं दर्शनार्थी नै होटलका ग्राहक हुन् । तर, महामारीयता सुनसान जस्तै छ । पर्यटक तथा दर्शनार्थीको आवागमन नहुँदा हलेसीबजारको अन्य व्यापार(व्यवसायमा समेत असर परेको होटल व्यवसायी संघ हलेसीका अध्यक्ष रुद्र गिरीले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबन्दीपुरमा पाँचतारे होटल निर्माण सम्पन्न
चैत २६, २०८० सोमबार
पोखराका होटलमा पर्यटकको चहलपहल बढ्यो
चैत २६, २०८० सोमबार
नेपालमा थपिए चार पाँचतारे होटल
चैत १३, २०८० मंगलबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
नेपालबहस संवाददाता
बैशाख ६, २०८१ बिहिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा
बैशाख ८, २०८१ शनिबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
राहदानीको फिचर्स परिवर्तन र एमआरपी खरिदमा मुख्यसचिवदेखि सुरक्षा सल्लाहकारसम्म तानिने
बैशाख ८, २०८१ शनिबार
सुधारिनेभन्दा झन् अराजक बाटोमा डौडिरहेको राजनीतिलाई कसले बाटोमा ल्याउने ?
बैशाख ८, २०८१ शनिबार
अब आन्तरिक कलह हट्नुपर्छ : नेतान्याहु
बैशाख ८, २०८१ शनिबार
सगरमाथा आरोहण उत्साहजनक : आरोहणबाट उठ्यो ५० करोडभन्दा बढी राजस्व
बैशाख ८, २०८१ शनिबार
आगो निभाउन गएको दमकल दुर्घटना, ६ जना घाइते
बैशाख ८, २०८१ शनिबार