वालिङमा लैंगिक हिंसा विरुद्ध हस्ताक्षर अभियान सुरु
नेपालबहस संवाददाता
मंसिर ९, २०७८ बिहिबार २२:२८:३१
९ मंसिर, वालिङ । वालिङ नगरपालिकाले लैंगिक हिंसा विरुद्ध हस्ताक्षर अभियान सुुरु गरेको छ ।
नगरपालिकाले आज मंसिर ९ गतेबाट प्रतिवद्धता सहित लैंगिक हिंसा विरुद्ध हस्ताक्षर संकलन अभियान सुरु गरेको हो । लंैगिक हिंसा सबैभन्दा बढी घर भित्रबाटै सुरु हुने भन्दै यसवर्षको दिवसको नारा नै ‘घरैबाट सुरु गरौँ, महिला हिंसा अन्त्य गरांै’ राखिएको छ ।
संयुक्त राष्ट्र संघको आह्वानमा विश्व भरिनै आजबाट १६ दिनसम्म विभिन्न कार्यक्रम आयोजना गरी यो दिवस मनाउने गरिन्छ । लिङ्गको आधारमा गरिने सबै खाले विभेद अत्यको लागि यो दिवस मनाउने गरिएको हो । नोभेम्बर २५ बाट सुरु हुने यो अभियान १० डिसेम्बरको दिन सकिन्छ । १० डिसेम्बर अर्थात् विश्व मानव अधिकार दिवसको दिन अभियान समापन हुन्छ ।
लैंगिक हिंसाको अन्त्य हुनुपर्ने भन्दै सबैले समाजमा सम्मानपूर्वक बाँच्न पाउने अधिकार भएकाले लिङ्गका आधारमा हुने सबैखाले हिंसा निरुत्साहित गर्न हस्ताक्षर संकलन शुरु गरिएको नगर प्रमुख दिलीपप्रताप खाँणले बताए । लिङ्गका आधारमा गरिने हिंसा अन्य हिंसाको तुलनामा बढी रहेकोले यसको न्यूनिकरणका लागि नगरपालिकाले थप सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने नगर प्रमुख खाँणले बताए ।
१६ दिनसम्म मनाईने यस अभियानलाई थप प्रभावकारी बनाउन सबैले आ–आफ्नो ठाउँबाट पहल गर्नुहुन नगर उपप्रमख कल्पना तिवारीले जोड दिइन । उनले नेपालको पितृसतात्मक समाजमा अझै पनि छोरा र छोरीलाई गरिने व्यवहार, महिला माथि हुने हिंसाको अन्त्य हुन नसकेको बताए ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले लिङ्गका आधारमा कोहीमाथि पनि हिंसा गर्न नहुने बताउँदै आगामी दिनमा थप सीप, तालीम तथा प्रशिक्षणका कार्यक्रमहरु ल्याउने उल्लेख गरिन ।
नगरपालिकाको मूलद्वारमा १६ दिनसम्म म हिंसा गर्दिन, हिंसा सहन्न र हिंसाको प्रतिकार गर्छु लेखिएको ब्यानरमा हस्ताक्षर संकलन गरिने भएको छ । आजै बिहान प्लेकार्डसहित वालिङ बजार परिक्रमा गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएसइईमा गण्डकीबाट ४० हजार बढी विद्यार्थी सहभागी
चैत १५, २०८० बिहिबार
म्याग्दीका भिर पहरामा मह सिकार सुरु
चैत १४, २०८० बुधबार
नौमती बाजा बजाउन तालिम लिँदै बागलुङका आमाहरू
चैत १३, २०८० मंगलबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
निजी विद्यालयको नाम नेपालीकरण गर्न काठमाडौं महानगरको अल्टिमेटम
चैत १६, २०८० शुक्रबार
पर्यटक नभएपछि अध्यागमन कार्यालय तीन वर्षदेखि सुनसान
चैत १६, २०८० शुक्रबार
सभामुख नेतृत्वको प्रतिनिधिमण्डल स्वदेश फिर्ता
चैत १६, २०८० शुक्रबार
पोखराको पर्यटन प्रवर्द्धन गर्न वाणिज्य संघको जिल्ला यात्रा
चैत १६, २०८० शुक्रबार
सुनको मूल्यमा नयाँ रेकर्ड, १ लाख ३० हजारमा कारोबार
चैत १६, २०८० शुक्रबार
अग्नी रेखा निर्माण गर्दै उपभोक्ता
चैत १६, २०८० शुक्रबार