१० माघ २०७८, सोमबार

सुनको मूल्य तोलामा दुई सयले बढ्यो, चाँदीको भाउ घट्यो

प्रकाशित मिति :  १० मंसिर २०७८, शुक्रबार ११:०६


१० मंसिर, काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ९१ हजार सात सय रुपैयाँ कायम भएकोमा आज दुई सय रुपैयाँले बढेर प्रतितोला ९१ हजार नौ सय रुपैयाँ कायम भएको हो ।

तेजाबी सुन प्रतितोला ९१ हजार चार सय रुपैयाँ कायम भएको छ । तेजाबी सुन प्रति १० ग्राम ७८ हजार ३६० रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।

शुक्रबार चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले घटेको छ । चाँदीको मूल्य प्रतितोला एक हजार दुई सय २५ रुपैयाँ कायम भएको छ । बिहीबार चाँदी प्रतितोला एक हजार दुई सय ३० रुपैयाँ कायम भएको थियो ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा








कस्तो छ तपाईको आजको राशीफल ?
नेपालबहस संवाददाता