१० माघ २०७८, सोमबार

प्रहरीमा २३ सय २० जना सहयोगीदेखि इन्स्पेक्टसम्मलाई जागिरको अवसर

प्रकाशित मिति :  १० मंसिर २०७८, शुक्रबार ११:३९


१० मंसिर, काठमाडौं । नेपाल प्रहरीले कार्यालय सहयोगीदेखि प्रहरी निरीक्षक ‘इन्स्पेक्टर’सम्म स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।

प्रहरीले लोकसेवाको सहमतिमा आज गोरखापत्रमा सूचना जारी गर्दै धोबी, कुचिकार, सिलाइरबुनाइ, हजाम, भान्छे, प्रहरी जवान र प्रहरी निरीक्षकका लागि २ हजार ३२० जना माग गरेको हो ।

जसमा सबैभन्दा बढी प्रहरी जवानका लागि १ हजार ९७१ कोटा छ । प्रहरी जवानमा १ जार ६३ खुलातर्फ पदपूर्ति हुनेछ, भने बाँकी सिट समावेशी समूहका लागि छुट्याइएको छ ।

यसैगरी, १४६ जना प्रहरी निरीक्षक भर्ना गरिने भएको छ । जसमा ७९ सिट खुलातर्फ र बाँकी समावेशी समूहतर्फ रहेको छ ।

प्रहरीमा १६३ जना भान्छे मागिएको छ । त्यस्तै, धोबी, कुचिकार, सिलाइरबुनाइ र हजाममा १०र१० सिट छुट्याइएको छ ।फागुन १९ गतेदेखि दरखास्त फारम बुझाउन सकिनेछ ।

 


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा








कस्तो छ तपाईको आजको राशीफल ?
नेपालबहस संवाददाता