सहिद स्मारक लिग : सातदोबाटोको डेब्यू जित, थ्री स्टार स्तब्ध
नेपालबहस संवाददाता
मंसिर १०, २०७८ शुक्रबार २१:८:१८
१० मंसिर, काठमाडौं । सातदोबाटो युथ क्लबले सहिद स्मारक ए डिभिजन लिगमा पहिलो जित निकालेको छ । शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मेघराज केसीको प्रशिक्षणमा रहेको सातदोबाटोले छिमेकी थ्री स्टार क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै शीर्ष डिभिजनको लिगमा पहिलो जित निकालेको हो ।
सातदोबाटोको जितमा सुदीप गुरुङले निर्णायक गोल गरे । ३०औं मिनेटमा अजयी मार्टिनको ‘कटब्याक‘ पासमा सुदीप गुरुङले पेनाल्टी बक्सबाहिरबाट हानेको प्रहारमा थ्री स्टारका गोलकिपर गुइलाउमे प्रिसो मूकदर्शक बनेका थिए ।
गत बर्ष पहिलो पटक ए डिभिजन लिगमा बढुवा भएको सातदोबाटोको यो पहिलो जित हो । अघिल्लो खेलमा सातदोबाटो फ्रेन्डससँग बराबरीमा रोकिएको थियो । खेलसँगै प्रशिक्षक मेघराजले आफ्नो पूर्वक्लबबिरुद्ध जित निकाल्न सफल भए ।
थ्री स्टारको भने यो पहिलो हार हो । लिगको पहिलो खेलमा थ्री स्टार च्यासल युथ क्लबलाई ३(० गोल अन्तरले पराजित भएको थियो । बाँकी समय दुबै टोलीले गोलको केही अवसर बनाए पनि सदुपयोग गर्न सकेनन् ।
पहिलो हाफमा एक शून्यले अग्रता लिएको सातदोबाटो दोस्रो हाफमा झनै आक्रमक बनेको थियो । गोलको तीनवटा राम्रो अवसर सिर्जना गरे पनि सातदोबाटोका फरवार्डले गोलमा परिणत गर्न सकेनन् ।
७२औं मिनेटमा मार्टिनले पेनाल्टी बक्सभित्रबाट हानेको प्रहार थ्री स्टारको गोलकिपर प्रिसोले बचाइदिएका थिए । त्यसअघि निरज चौधरीले प्रहारलाई पनि प्रिसोले बचाइदिएका थिए ।
८२औं मिनेटमा थ्री स्टारका विक्रम लामाले पेनाल्टी क्षेत्रबाट गरेको हेडिङ प्रहार थोरैले आकाशिएको थियो । विक्रमले निशान खड्काको कर्नर प्रहारमा हेडिङ गरेका थिए ।
जितसँगै दुई खेलबाट ४ अंक बनाएको सातदोबाटो शीर्ष स्थानमा उक्लिएको छ । आजै हुने दोस्रो खेलमा संकटा क्लब र फ्रेन्ड्स क्लबले प्रतिस्पर्धा गर्दैछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
क्रोएसियाले इजिप्टमाथि ४-२ को जित निकाल्दा लुका मोड्रिचले दुई गोल गरे
चैत १५, २०८० बिहिबार
इटहरी गोल्डकप : त्रिभुवन आर्मी फाइनलमा
चैत १५, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
सिराहामा बाहिरियो नेपाली विषयको प्रश्न पत्र
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार
क्रिप्टो संस्थापक ब्याङ्म्यान–फ्राइडलाई २५ वर्ष जेल सजाय
चैत १६, २०८० शुक्रबार