मनाङमा स्याउ उत्पादन १० प्रतिशतले वृद्धि हुने
नेपालबहस संवाददाता
मंसिर ११, २०७८ शनिबार १७:३:१२
११ मंसिर, मनाङ । मनाङको ङिस्याङ-१, भ्राताङको स्याउ बगैंंचामा यस वर्ष स्याउ उत्पादनमा १० प्रतिशतले वृद्धि हुने भएको छ । ‘हाइडेन्सिटी’ प्रविधिको उक्त फार्मको सात सय ३५ रोपनीमा स्याउ फलेको छ । एग्रो मनाङ प्रा।लि।का अध्यक्ष समराज गुरुङले अहिले ‘गोल्डेन’ र ‘फुजी’ जातको स्याउ टिप्न थालिएको जानकारी दिए । ‘गाला’, ‘गोल्डेन’, ‘फुजी’ जातका स्याउ लगाइएको यो फार्ममा अघिल्लो वर्ष चार सय मेट्रिक टन स्याउ फलेको थियो ।
यस वर्ष पाँच सय मेट्रिक टन अर्थात् १० प्रतिशत स्याउ उत्पादन हुने अनुमान गरिएको छ । मनाङका संघीय सांसद एवं एग्रो मनाङका संस्थापक पोल्देन छोपाङ गुरुङका अनुसार मनाङबाट नेपालमा स्याउ खेतीमा एउटा क्रान्तिको सुरु भएको छ । अहिले मनाङबाट काठमाडौ, पोखरा मात्रै नभएर तराईसम्म सडक पहुँच पुगेको छ । यसले गर्दा मनाङको स्याउले बजार पाउन थालेको छ ।
‘हिजो धेरै स्याउ फल्ने थिएन । त्यो पनि मनाङमै खपत हुन्थ्यो । केही ठाउँमा मदिरा बनाइन्थ्यो । अहिले सडक बनेपछि काठमाडौंका तारे होटलसहित तराईमा मनाङको स्याउ पुगेको छ,’ उनले भने ।
मनाङमा उत्पादित स्याउ लमजुङको बेसीसहर हुँदै पोखरा, चितवन र काठमाडौंसम्म खपत हुने गरेको गुरुङले जानकारी दिए । समुद्री सतहदेखि २९४० मिटर उचाइको भ्राताङमा इटाली र सर्भियाबाट स्याउ बोट ल्याएर हाइडेन्सिटी प्रविधिमार्फत स्याउ फलाएको ६ वर्ष भइसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचीनबाट आयात गरिएको रासायनिक मल काठमाडौं ढुवानी
बैशाख ७, २०८१ शुक्रबार
हलगोरु पाल्ने किसानलाई अनुदान दिने
बैशाख ३, २०८१ सोमबार
दुग्ध किसानको ४८ करोड भुक्तानी बाँकी
चैत २९, २०८० बिहिबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
भारतले रोक्यो नेपाली चियाको निर्यात
बैशाख ७, २०८१ शुक्रबार
संसदीय समितिमा फास्ट ट्रयाकबारे सेनाको बिफ्रिङ
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने
बैशाख ७, २०८१ शुक्रबार
नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सुनिल पौडेल दोषी ठहर, ८ जनाले पाए सफाइ
बैशाख ७, २०८१ शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार