टिपरको ठक्करले स्कुटर चालकको मृत्यु
नेपालबहस संवाददाता
मंसिर ११, २०७८ शनिबार १८:८:३८
११ मंसिर, भक्तपुर । अरनिको राजमार्ग खण्डअन्तर्गत सूर्यविनायक नगरपालिका–८ आदर्श चोक प्राइम बैंक अगाडि जगातीबाट आज तीव्रगतिमा आएको टिपरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ भने सवार अर्का व्यक्ति गम्भीर घाइते भएको छन् ।
जगातीबाट सूर्यविनायकतर्फ जाँदै गरेको बा३ख ५४२३ नं को टिपरले सूर्यविनायकबाट जगातीतर्फ जाँदै गरेको बा५७ प३११३ नं को स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक धनकुटा राजारानी घर भई हाल ललितपुर कुसुन्ती बस्ने २४ वर्षीय अशिम लिम्बुको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।
दुर्घटनामा गम्भीर घाइते स्कुटर पछाडि सवार ललितपुर पाटन बस्ने २६ वर्षीय सन्दीप महर्जनको डा इवामुरा अस्पताल, सल्लाघारीमा प्राथमिक उपचारपछि थप उपचारका लागि बिएण्डबी अस्पताल पठाएको उनले जानकारी दिए ।
दुर्घटनापछि फरार टिपर चालक दाङ घोराही–२ रामपुर घर भई हाल काठमाडौँ माछापोखरी बस्ने ३१ वर्षीय किरण कुँवर योगीलाई प्रहरीले थिमिको राधेराधेबाट नियन्त्रणमा लिइ महानगरीय प्रहरी वृत्त जगातीमा राखी थप अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचार दिनदेखि हराइरहेका बालकको शव नारायणी नदीमा फेला
चैत १६, २०८० शुक्रबार
डढेलोमा परी गम्भीर घाइते भएकी महिलाको मृत्यु
चैत १६, २०८० शुक्रबार
कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएका शाहीको शव भेटियो
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
बोआओ फोरममा चीनको प्रतिबद्धता, खुलापन र साझेदारी
चैत १६, २०८० शुक्रबार
स्थानीय नृत्य प्रस्तुत गर्दै नेपाली सेना
चैत १६, २०८० शुक्रबार
एआईमा जागिर गर्नेहरूले कति तलब पाउँछन् ?
चैत १६, २०८० शुक्रबार
कांग्रेसको सहकारी विभागमा १० जना मनोनयन
चैत १६, २०८० शुक्रबार
लिलाम हुन नसकेका सवारीसाधन
चैत १६, २०८० शुक्रबार
के मेकअप रिमूभर प्रयोग गर्नु अनुहारको लागि राम्रो हो ?
चैत १६, २०८० शुक्रबार