कांग्रेसलाई बलियो बनाउन सक्षम नेतृत्व आवश्यकः नेता सिंह
नेपालबहस संवाददाता
मंसिर ११, २०७८ शनिबार १९:३५:१५
११ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसलाई बलियो बनाउन पार्टीभित्र सक्षम नेतृत्व आवश्यक रहेको बताएको छ ।
कांग्रेस काठमाडौँका सभापति पदका उम्मेदवार कृष्ण (सबुज) बानियाँ समूहको उम्मेदवारी घोषणासभामा उहाँले पार्टीमा सक्षम नेतृत्व आवश्यक रहेको बताएको हो । “पार्टीलाई संस्थागत, विधिसम्मत र नियमसम्मत ढङ्गले सञ्चालन गर्नका लागि १४औँ महाधिवेशनबाट यस्तो नेतृत्व आवश्यक छ”, उनले भने । नेता सिंहले १४औँ महाधिवेशनपछि पार्टी जनताको चाहनाअनुसार अगाडि बढ्ने उल्लेख गरे ।
विसं २०७२ मा निर्माण भएको संविधानको नेतृत्व गरेको कांग्रेसले तीन तहको निर्वाचनमा किन हार्यो यसबारे गम्भीर समीक्षा हुनुपर्ने नेता सिंहको भनाइ थियो ।
कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले पार्टीलाई विधिसम्मत ढङ्गले अगाडि बढाउनका लागि शीर्ष नेता अभिभावक बनेर बस्नुपर्ने उल्लेख गर्दै जनतालाई आश र भरोसा दिने नेतृत्व १४औँ महाधिवेशनले दिनुपर्ने बताए । उनले मत हुने पार्टीमा मतभेद हुनु सामान्य भएको भन्दै विवेकपूर्ण ढङ्गले आफ्नो मतको प्रयोग गर्न सबैलाई आग्रहसमेत गरे ।
कांग्रेस काठमाडौँका सभापतिका उम्मेदवार कृष्ण (सबुज) बानियाँले कांग्रेस सङ्गठनलाई थप सशक्त बनाउनका लागि आफूले दोस्रो कार्यकालका लागि सभापति पदमा उम्मेदवारी दिन लागेको बताए ।
कार्यक्रममा काठमाडौँ क्षेत्र नं १० का सांसद राजेन्द्रकुमार केसी, सांसद दिव्यमणिराज भण्डारी, प्रदेशसभा सदस्य दीपेन्द्र श्रेष्ठ, पुकार महर्जन, जीवन डङ्गोल, काठमाडौँ महानगरपालिका उपप्रमुख हरिप्रभा खड्गी ‘श्रेष्ठ’, कांग्रेस काठमाडौँ महानगरपालिकाका सभापति नीलकाजी शाक्य, कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठलगायतको सहभागिता थियो ।
बानियाँ समूहबाट उपसभापतिमा राजकुमार नकर्मी र गोकर्ण केसी, सचिवमा गोविन्द पुडासैनी र इन्द्रबहादुर थापा र सहसचिवमा रोमेल श्रेष्ठ र प्रा डा अमिता प्रधानले उम्मेदवारी दिने घोषणा गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबनेपा हाट बजार अवलोकन गर्दै प्रजिअ शर्मा
चैत १६, २०८० शुक्रबार
कांग्रेसको सहकारी विभागमा १० जना मनोनयन
चैत १६, २०८० शुक्रबार
सरकार महिला सशक्तीकरणको पक्षमा छः प्रधानमन्त्री
चैत १६, २०८० शुक्रबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
हेलम्बुमा हाइअल्टिच्युड भलिबल प्रतियोगिता हुने
चैत १६, २०८० शुक्रबार
सिद्धि हाइड्रो कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल
चैत १६, २०८० शुक्रबार
अतिथि सत्कार घरबासमा विदेशी पर्यटक बढ्दै
चैत १६, २०८० शुक्रबार
देउडा खेल्दै सर्वसाधारण
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पासगर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
धार्मिक पर्यटकीय स्थल बिम गाउँ
चैत १६, २०८० शुक्रबार