१३ माघ २०७८, बिहीबार

३५ लघुवित्तले गरे लाभांश घोषणा, यी हुन् बुक क्लोज हुन बाँकी लघुवित्त

प्रकाशित मिति :  १२ मंसिर २०७८, आईतवार १३:२२


१२ मंसिर, काठमाडौं । नेप्सेमा सूचीकृत लघुवित्तहरुले लाभांश घोषणा गर्ने क्रम बढ्दै छ । हालसम्म ३५ लघुवित्तले लाभांश घोषणा गरिसकेका छन्।

यी मध्ये १० लघुवित्तको बुक क्लोजको मिति तय भएको छ भने १६ लघुवित्तको हुन अझै बाँकि रहेको छ। लगानीकर्ताले उक्त लघुवित्तको शेयर किन्दा अझै लाभांश पाउन सक्नेछन् ।

सम्म लाभांश घोषणा गर्ने लघुवित्तहरु मध्येमा महिला लघुवित्तको सबैभन्दा धेरै लाभांश प्रस्ताव गरेको छ ।

लघुवित्तले ४७..५ प्रतिशत बोनस शेयर र २.५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ। त्यस्तै, हालसम्म सबैभन्दा कम एनआईसी एसिया लघुवित्तले ५.४१ नगद लाभांश मात्रै घोषणा गरेको छ।

हेरौं कुन लघुवित्तको लाभांश कति ?

नोटः  चार लघुवित्तको लाभांश चार्टमा समावेश छैन । चार्टमा समावेश नभएका तर, लाभांश घोषणा गरेका छन् । इन्फिनिटी लघुवित्तले २७.७० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ १.४६ प्रतिशत नगद लाभांश गरी कुल २९.१६ प्रतिशत लाभांश घोषणा गरेको छ।

त्यस्तै, कालिका लघुवित्तले १३ प्रतिशत बोनस शेयर, साना किसान विकास लघुवित्तले २५ प्रतिशत बोनस शेयर र १ दशमलव ३१ प्रतिशत नगद गरी कुल २६ दशमलव ३१ पूतिशत र निर्धन उत्थान लघुवित्तले २९.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.५५२६ प्रतिशत नगद गरी कुल ३१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

 


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा