भवन अभाव हुँदा एउटै साँघुरो कोठामा दुई कक्षा सञ्चालन
नेपालबहस संवाददाता
मंसिर १२, २०७८ आइतबार १९:२४:१९
१२ मंसिर, कञ्चनपुर । कृष्णपुर नगरपालिका–१ भेटघाटफाँटामा रहेको वैजनाथ आधारभूत विद्यालयमा भवन अभाव हुँदा एउटै साँघुरो कोठामा दुई वटा कक्षा सञ्चालन गर्नुपर्ने बाध्यता छ । विद्यालयसँग रहेका भवनमा पाँच वटा कोठामात्रै रहेका छन् । एउटामा कार्यालय कक्ष, अर्कोमा बालविकासका दुई कक्षा र बाँकी रहेका तीन कोठामा पाँच कक्षासम्मका विद्यार्थीलाई राखेर पठनपाठनको कार्य हुँदै आएको छ ।
एउटै कोठामा एउटा कक्षाका विद्यार्थीलाई उत्तरतर्फ फर्काएर र अर्को कक्षाका विद्यार्थीलाई दक्षिणतर्फ फर्काएर पठाउने गरिँदै आएको छ । एउटै कक्षामा दुई/दुई वटा कक्षा सञ्चालन हुने भएकाले दुई शिक्षकले एकैसाथ पढाउँदा विद्यार्थीलाई पढाएको कुरा बुझ्नसमेत निकै समस्या हुने गरेको छ । “दुई शिक्षकले एकैसाथ पढाउँदा विद्यार्थीलाई बुझ्न निकै गाह्रो हुने गरेको छ”, विद्यालयका प्रधानाध्यापक कृष्णा चन्दले भने, “भवन अभाव हुँदा एउटै कोठामा दुई कक्षा सञ्चालन गर्न बाध्य छौँ ।”
हिउँदका बेला घाम लाग्दा एउटा कक्षालाई कोठामा र अर्कोलाई चौरमा राखेर पठनपाठन गरिँदै आए पनि हुस्सु लागेको पानी परेका बेला दुई कक्षालाई एकैसाथ राखेर पढाउनुपर्ने अवस्था रहेको उनले बताए । विद्यालयमा रहेका दुई भवनमध्ये एक भवन सरकारीतर्फबाट निर्माण गरिएको हो । जसमा बालविकासका कक्षा र अर्कोमा कार्यालय सञ्चालन हुँदै आएको छ । अर्को भवन दातृ निकायले बनाइदिएको हो । दातृ निकायले बनाएको भवनमा रहेका तीन कोठमा कक्षा १ देखि ५ सम्मका बालबालिकालाई राखेर पठनपाठन हुँदै आएको छ ।
कक्षाकोठामा विद्यार्थीलाई बस्नका लागि पर्याप्त बेञ्च र डेस्कको व्यवस्थासमेत रहेको छैन । भवनको व्यवस्था गर्नका लागि नगरपालिकाको शिक्षा शाखामा पटकपटक पत्राचार गरि सकेको भए पनि अश्वासनबाहेक भवन निर्माण हुन नसकेको विद्यालयका प्रअ चन्दको भनाइ रहेको छ । विद्यालयको कार्यालय कक्षमा समेत दराजलगायत आवश्यक शैक्षिक सामग्रीकोसमेत अभाव छ ।
विद्यालयमा सुकुम्बासी, दलित, जनजाति र भूमिहीन परिवारका बालिबालिका पठनपाठनको कार्य गर्दै आएका छन् । विद्यालयमा १५० बालबालिका पढ्दै आएका छन् । विद्यालयमा शिक्षक दरबन्दी समेत अभाव छ । तीन जना शिक्षिका राहत कोटामा र एक जना शिक्षक निजी स्रोतमा कार्यरत छन् । निजी स्रोतमा कार्यरत शिक्षकको तलब व्यहोर्नसमेत विद्यालयलाई धौधौ रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौंमा कक्षा १२ को परीक्षाका केन्द्रहरू स्वचालित विधिबाट तोकियो
बैशाख ७, २०८१ शुक्रबार
स्वीकृति नपाएका पाठ्यपुस्तक प्रयोगमा ल्याएको पाइए कारबाही गरिने
बैशाख ६, २०८१ बिहिबार
प्रधानाध्यापक र शिक्षकबीचको विवादले पठनपाठनमा असर
बैशाख ५, २०८१ बुधबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
भारतले रोक्यो नेपाली चियाको निर्यात
बैशाख ७, २०८१ शुक्रबार
संसदीय समितिमा फास्ट ट्रयाकबारे सेनाको बिफ्रिङ
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने
बैशाख ७, २०८१ शुक्रबार
नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सुनिल पौडेल दोषी ठहर, ८ जनाले पाए सफाइ
बैशाख ७, २०८१ शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार