१० माघ २०७८, सोमबार

वरिष्ठ उपाध्यक्षको रेसबाट ‘ब्याक’ हुने सुवास नेम्वाङको संकेत

प्रकाशित मिति :  १२ मंसिर २०७८, आईतवार २०:५९


१२ मंसिर, चितवन । नेकपा एमालेका नेता सुवास नेम्वाङले वरिष्ठ उपाध्यक्षको रेसबाट ब्याक हुने संकेत गरेका छन् । उनले पार्टी एकता कायम हुनुपर्छ भन्ने आफ्नो मान्यता रहेको बताएका छन् ।

‘पार्टी एकता कायम गर्नुपर्छ । त्यही मेरो मान्यता हो । पार्टीको हितका लागि अध्यक्षले सही निर्णय लिनुहुन्छ भन्ने मेरो विश्वास छ,’ उनले भने ।सञ्चारकर्मीले वरिष्ठ उपाध्यक्षको दाबी छोड्नु भएको हो भन्ने जिज्ञासामा नेता नेम्वाङले उम्मेदवारी एउटा सन्दर्भमा भएको बताएका थिए ।

उनले अध्यक्षले पार्टीको हित र एकता कायम हुने गरी प्रस्ताव ल्याउनेमा आफू विश्वस्त रहेको बताएका छन् । बिहानसम्म नेम्वाङ वरिष्ठ उपाध्यक्ष अडानमा रहेका थिए ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा








कस्तो छ तपाईको आजको राशीफल ?
नेपालबहस संवाददाता