१० माघ २०७८, सोमबार

सर्वसम्मत नेतृत्व चयन गरे महाधिवेशन बहिस्कार गर्ने भीम रावलको चेतावनी

प्रकाशित मिति :  १२ मंसिर २०७८, आईतवार २१:१४


१२ मंसिर, चितवन । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले विधि र पद्धति मिचेर सर्वसम्मत नेतृत्व चयन गरे आफूले महाधिवेशन बहिस्कार गर्ने चेतावनी दिएका छन् ।

आफू अध्यक्षको उम्मेदवारी दिनबाट पछि नहट्ने अडान राख्दै नेता रावलले सर्वसम्मत गर्ने अडान ओलीले नछाडे महाधिवेशन बहिस्कार गर्ने चेतावनी दिएका हुन् ।

बिहान सात बजे होटेल सफारी रिसोर्ट छिरेका अध्यक्ष ओली सर्वसम्मतको अडान राख्दै अहिलेसम्म नेताहरूसँग छलफल गरिरहेका छन् । उता नेता रावलले पनि सर्वसहमतिका नाममा जे पनि हुनसक्ने भन्दै बन्दसत्र स्थल नछोड्ने बताएका छन् ।

उनी दिउँसो दुई बजेबाट बन्दसत्र स्थलमै रहेका छन् ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा