तेह्रथुमका सबै पालिकामा १७ मंसिरबाट मतदाता नामावली संकलन
नेपालबहस संवाददाता
मंसिर १३, २०७८ सोमबार १९:७:१०
१३ मंसिर, तेह्रथुम । तेह्रथुमका सबै ६ पालिकामा आगामी १७ मंसिरबाट मतदाता नामावली संकलन गरिने भएको छ । जिल्ला निर्वाचन कार्यालय तेह्रथुमका अनुसार यसअघि मतदाता नामावलीमा नाम दर्ता गर्न छुट भएका वा नाम दर्ता गर्न उमेर पुगेका १६ बर्षमाथिका नागरिकको नामावली संकलन गरिने छ ।
कार्यालयका निर्वाचन अधिकारी होमप्रसाद पौडेलका अनुसार विवाह गरेका महिलाको हकमा विवाह दर्ता र अन्यत्रबाट बसाई सरी आउने नागरिकहरू बसाइसराइको प्रमाणपत्र आवश्यक पर्नेछ ।
कार्यालयका अनुसार नामवली संकलनका लागि सबै नगर तथा गाउँपालिकामा कर्मचारी खटिने छन् । नागरिकहरूलाई मत दिने अधिकार उपयोग गराउन सरोकारवालाहरूले प्रचारप्रसारमा जुट्न कार्यक्रम व्यवस्थापन तथा अनुगमन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले बताए ।
जिल्लाका पाँच वटा स्थानीय तह लालीगुराँस नगरपालीका, छथर गाउँपालिका, फेदाप गाउँपालिका, मेन्छ्यायेम गाउँपालिका र आठराई गाउँपालिकामा यही १७ मंसिरदेखि २६ मंसिरसम्म प्रत्येक पालिकाको केन्द्रमा नामावली दर्ता संचालन हुने बताए । यसैगरी म्याङलुङ नगरपालिकाको हकमा १७ मंसिरबाट २६ मंसिरसम्म जिल्ला प्रशासन कार्यालय र जिल्ला निर्वाचन कार्यालयबाट हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमोरङ उद्योग व्यापार संघमा व्यापक गुटबन्दीले विवाद चुलियो
बैशाख ६, २०८१ बिहिबार
कोशीमा एमाले र माओवादीले पेश गरे संकल्प प्रस्ताव
बैशाख ६, २०८१ बिहिबार
कोशीमा एमालेको ह्वीप
बैशाख ६, २०८१ बिहिबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
युएईसँग हारेसँगै नेपाल एशिया कपमा छनौट हुन असफल
बैशाख ७, २०८१ शुक्रबार
मुख्यमन्त्री अधिकारीले दिए गण्डकीमा चुमान र मनाङेलाई जिम्मेवारी
बैशाख ८, २०८१ शनिबार
सडक बालबालिकाः पहिचान पाउन अझै पनि कठिन
बैशाख ८, २०८१ शनिबार
भेरी नदी माथि बनेको पुल र आसपासको दृश्य
बैशाख ८, २०८१ शनिबार
हामीलाई कसैले कमजोर ठान्ने देशमा फेरी अर्को उथलपुथल हुन्छ : माधव नेपाल
बैशाख ८, २०८१ शनिबार
गर्मीमा छिटै तौल घटाउन चाहनुहुन्छ ? दैनिक खाली पेटमा सौंफको पानी पिउनुहोस्
बैशाख ८, २०८१ शनिबार