एमाले अध्यक्षमा ओली र रावल भिड्दै
नेपालबहस संवाददाता
मंसिर १३, २०७८ सोमबार १९:४२:१६
१३ मंसिर, चितवन । निर्वाचनको प्रकृया शुरु भएपछि नेकपा एमालेको जारी १० औं महाधिवेशनमा पदाधिकारीको १४ पदका लागि निर्वाचन हुने भएको छ । चितवनस्थित सौराहामा जारी बन्दसत्र अन्तर्गत विहान १० बजे उम्मेदवारी दर्ताको समय सकिएसँगै अब निर्वाचनको कार्यक्रम अघि बढ्ने भएको हो । अध्यक्षमा केपी शर्मा ओली र भीम रावलले उम्मेदवारी दर्ता गराएका छन् ।
ओलीको सूचीमा नपरेका निवर्तमान उपमहासचिव घनश्याम भुसालले उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएसँगै उपाध्यक्षमा पनि निर्वाचन हुने भएको हो । एमालेमा ६ जना उपाध्यक्षको व्यवस्था रहेको छ । उपाध्यक्षहरूमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा बादल, विष्णु पौडेल र सुवासचन्द्र नेम्वाङको नाम आइतबार राति घोषणा गरेका थिए। त्यस्तै सचिवमा पनि चुनाव हुने भएको छ । एमालेमा सात जना सचिव रहने छन् ।
ओलीले यसअघि टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, रघुवीर महासेठ, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट र पद्मा अर्याललाई सचिव बनाएका थिए । तर, ओलीको सूचीमा नअटाएका भीम आचार्य र टंक कार्कीले उम्मेदवारी दिएपछि सचिवमा पनि चुनाव हुने भएको छ । एमालेमा पदाधिकारीका १४ पदका लागि १८ जना चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । एमाले महाधिवेशनमा कुल प्रतिनिधिको संख्या २ हजार १ सय ७५ रहेको छ । आज बेलुकाबाट मतदान हुनेछ ।
महाधिवेशनको बन्दसत्रमा सोमबार विहान अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीले १९ पदाधिकारी घोषणा गरेका छन् । बन्दसत्रबाट कमिटी घोषणा गर्ने सर्वाधिकार पाएका ओलीले अध्यक्षमा आफैं, वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र महासचिवमा शंकर पोखरेलको नाम पढेका थिए । उपाध्यक्षमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा बादल, विष्णु पौडेल र सुवास नेम्वाङको नाम पढेका थिए ।
पदाधिकारीको नाम पढेपछि अध्यक्षको दावी गरिरहेका रावललाई बाल्न समय दिइएको थियो । रावलले अध्यक्षमा उम्मेदवारी कायमै रहेको बताएका थिए । उनले आफू निर्वाचन प्रकृयामा जान चाहेको बताएपछि हलमा रहेका केही प्रतिनीधिहरुले रावलविरुद्ध नारावाजी हो हल्ला गरेका थिए । ओलीको पढेको पदाधिकारी सूचमा रावल, घनश्याम भूषाल र भीम आचार्यको नाम थिएन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपज्योति विकास बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदो क्रममा, व्यवसाय विस्तार ठप्प
बैशाख ११, २०८१ मंगलबार
राहदानीको फिचर्स परिवर्तन र एमआरपी खरिदमा मुख्यसचिवदेखि सुरक्षा सल्लाहकारसम्म तानिने
बैशाख ८, २०८१ शनिबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
गोदावरी बैठक छाडेर घरमै आराम गरिरहेका छन ओली
नेपालबहस संवाददाता
बैशाख ९, २०८१ आइतबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
रौतहटको करुनियामा आगलागीबाट ७ घर जलेर नष्ट, लाखौंको क्षति
बैशाख ११, २०८१ मंगलबार
निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द
बैशाख ११, २०८१ मंगलबार
सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा
बैशाख ११, २०८१ मंगलबार
जनकपुरमा होटलको एउटै कोठामा महिला र पुरुष झुन्डिएको अवस्थामा मृत फेला
बैशाख ११, २०८१ मंगलबार
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा
बैशाख ११, २०८१ मंगलबार
ट्याक्टर दुर्घटनाबाट सशस्त्र प्रहरीले बचाए चालकको ज्यान
बैशाख ११, २०८१ मंगलबार