समिक्षाको सेन्टिमेन्टल गीत मेरो जस्तो माया तिमीलाई
नेपालबहस संवाददाता
मंसिर १३, २०७८ सोमबार २२:२:२९
१३ मंसिर, काठमाडौं । पछिल्लो समयकी चर्चित अनि भाईरल गायिका समिक्षा अधिकारीको स्वरमा सेन्टिमेन्टल गीत मेरो जस्तो माया तिमीलाई सार्वजनिक भएको छ । प्राय लोक दोहोरी शैलीका गीतहरुमा जम्दै र दर्शक श्रोताले मन पराउँदै आएकी समिक्षाका सेन्टिमेन्टल गीतहरु भने कमै सुन्न पाईन्छ ।
सानै उमेरमा थुप्रै गीतहरुमा स्वर भर्न सफल समिक्षाले हरेक शैलीका गीतहरु गाउन सक्छिन तर उनका लोक दोहोरी शैलीका गीतहरु अलि बढी हिट भएकाले पनि होला सायद गीतकार, संगीतकारहरुले यी शैलीका गीतहरु अलि बढि अफर गर्छन् ।
सानै उमेरमा गाउन सुरु गरेपनि र संगीतको औपचारिक शिक्षा हासिल नगरेपनि उनको स्वर परिपक्व सुनिन्छ । प्रस्तुत गीत मेरो जस्तो मायालाई पनि समिक्षाले न्याय गरेकी छिन् । दिलको बदला दिल दिएँ , म भन्दा नि , तिमी बिना बाँच्दिन म भन्ने तिमी गीतका संगीतकार राज कुमारसंग उनको यो पहिलो सहकार्य हो ।
हाललाई स्टुडियो भिडियोमार्फत सार्वजनिक गीतमा फिमेल भर्जनमा समिक्षाको स्वर रहेको छ भने मेल भर्जनमा नरहरि प्रेमीको स्वर , राज कुमारको शव्द संगीत , संजय हमालको अरेञ्जमेन्ट , दिल समर्पणको रेकर्डिङ , चन्द्र चौधरी ९अकष्टिक नेपाल०को मिक्सिङ रहेको छ भने भिडियोमा कृष्ण बस्नेतको छायाँकन तथा स्वयम गीतकार तथा संगीतकार राज कुमारको सम्पादन रहेको छ ।
अडियो राम्रो बने साधारण भिडियोबाट पनि राम्रो भ्युज जाने र दर्शक श्रोताले मन पराउने यसअघिका एक्का कम्पनी युट्युबबाट सार्वजनिक भएका गीतहरुले पनि प्रमाणित गरिसकेका छन् । तसर्थ यस गीतलाई पनि दर्शक श्रोताहरुले मन पराईदिनुहुनेछ भन्ने आशा राख्न सकिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ सार्वजनिक
बैशाख ९, २०८१ आइतबार
इराकमा सांगीतिक धमाका मच्चाउँदै राजेश पायल
बैशाख ६, २०८१ बिहिबार
गायिका एलिना चौहान आज विवाह बन्धनमा बाँधिँदै
बैशाख ५, २०८१ बुधबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
गोदावरी बैठक छाडेर घरमै आराम गरिरहेका छन ओली
नेपालबहस संवाददाता
बैशाख ९, २०८१ आइतबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
बैशाख १०, २०८१ सोमबार
रुद्रकली : कतारी अमिरलाई उपहार दिइने हात्ती
बैशाख १०, २०८१ सोमबार
कतारका अमिरको नेपाल भ्रमणः सार्वजनिक विदामै अलमलियो मन्त्रिपरिषद
बैशाख १०, २०८१ सोमबार
लोकतन्त्रमा लोकको कल्याण होस्
बैशाख ११, २०८१ मंगलबार
कतारका अमिरको स्वागतमा फेरियो काठमाडौंको स्वरुप (फोटोफिचर)
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
टुलुज फेस्टिभलमा उत्कृष्ट फिल्म बन्यो ‘१२ फेल’
बैशाख ११, २०८१ मंगलबार
राज्य कोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार