९ माघ २०७८, आईतवार

१३ जना प्रहरी नायव उपरीक्षकहरु दर्ज्यानी चिन्हद्वारा सुशोभित

प्रकाशित मिति :  १३ मंसिर २०७८, सोमबार १७:०८


१३ मंसिर, काठमाडौं । नेपाल सरकार गृह मन्त्रालय सचिवस्तरको २०७८ मंसिर १३ गतेको निर्णयले मंसिर १२ गतेबाट लागू हुनेगरी प्रहरी निरीक्षकबाट प्रहरी नायव उपरीक्षक पदमा पदोन्नति भएका १३ जना प्रहरी नायव उपरीक्षकहरु दर्ज्यानी चिन्हद्वारा सुशोभित भएका छन् ।

निमित्त प्रहरी महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक निरज बहादुर शाहीले प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित एक समारोहबीच उनीहरुलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका हुन् ।

समारोहमा निमित्त प्रहरी महानिरीक्षक शाहीले पदोन्नति पश्चात राज्य, नागरिक र संगठनप्रति उत्तरदायी भई नयाँ जिम्मेवारी अनुसार संगठनको आशा र भरोसा पूरा हुनेगरी काम गर्न निर्देशन दिए ।

पदोन्नतिले दर्जा अनुसारको जिम्मेवारी बढ्ने र संगठनप्रति थप उत्तरदायी हुनुपर्ने भएकोले प्राप्त अनुभव र जिम्मेवारीलाई संगठन र राज्यप्रति जवाफदेही भई बफादार रुपमा कार्य गर्नुपर्ने उनले बताए।

नागरिकले राज्यको तर्फबाट प्रहरीको उपस्थिति खोज्ने भएकोले संविधान र ऐन कानुनको अधिनमा रही प्राप्त जिम्मेवारी अनुसार भूमिका निर्वाह गरी नागरिकमा प्रहरीको उपस्थिति झल्काउनुपर्ने बताए।

उक्त अवसरमा पदोन्नति भएका अधिकृतहरूको तर्फबाट मन्तब्य व्यक्त गर्दै प्रहरी नायव उपरीक्षक अनिश कुमार कर्णले मस्तिष्कमा समझदारी, काँधमा जिम्मेवारी र हृदयमा ईमानदारीताका साथ पदोन्नतिसँगै थपिएको जिम्मेवारी पूरा गर्ने प्रतिवद्धता व्यक्त गरे।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेल, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा