ताप्लेजुङको सिरिजङ्घामा निःशुल्क माटो परीक्षण
नेपालबहस संवाददाता
मंसिर १४, २०७८ मंगलबार २०:३४:५३
१४ मंसिर, ताप्लेजुङ । माटो परीक्षणका लागि गाउँबाहिर पठाउनुपर्ने कृषकको बाध्यता अब भने हट्ने भएको छ । अबदेखि स्थानीय तहमै माटो परीक्षण हुने भएको छ ।
यसका लागि ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले माटो परीक्षण प्रयोगशाला स्थापना गरेको छ । आफ्नै लगानीमा प्रयोगशाला स्थापना गरे माटो परीक्षणको व्यवस्था गर्न लागेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अनुसार भूगोल र हावापानी सुहाउँदोखेती प्रणाली अवलम्बन गर्दै कृषि उत्पादनमा वृद्धि गर्ने उद्देश्यसहित निःशुल्क माटो परीक्षणको व्यवस्था मिलाइएको छ ।
गाउँपालिका क्षेत्रभित्रका सबै किसानले निःशुल्क माटो परीक्षण गर्न पाउने गरी नवौँ गाउँसभाद्वारा नीतिगत निर्णयसमेत गरेको थियो । माटो परीक्षणका लागि गाउँपालिकाअन्तर्गत रहेका सिनाम नमूना माध्यमिक विद्यालयस्थित प्रयोगशालामा जान सकिन्छ । उक्त प्रयोगशालामा निःशुल्क माटो परीक्षणको व्यवस्थापनका लागि चालू आर्थिक वर्षमा रु तीन लाख ५० हजार अनुदान दिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले जानकारी दिए ।
उहाँका अनुसार प्रत्येक महिनाको पहिलो र चौंथो शनिबारका दिन किसानले माटो परीक्षण गर्न सक्नेछन् । गाउँपालिकाभित्र कृषि उत्पादन वृद्धि गरी सर्वसाधरणलाई आत्मनिर्भर बनाउन र उनीहरुको आयआर्जनमासमेत वृद्धि गर्न निःशुल्क माटो परीक्षणको व्यवस्थापन गरिएको गाउँपालिका अध्यक्ष टीकाराम गुरुङले बताए ।
प्रयोगशालामा माटोमा अम्लियपन, क्षारीयपन, इसी, सूक्ष्म खाद्यतत्व, मुख्य खाद्यतत्व, प्रोटेबललगायतको डिजिटल नतिजा देखाउने र प्रिन्ट गरेर किसानलाई दिन पनि मिल्ने उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज प्रचार प्रसारको अन्तिम दिन, इलाममा कांग्रेसको ४२ वटै वडामा घरदैलो
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
आजको मौसम : यी ठाउँमा हुरीबताससहित वर्षाको सम्भावना
बैशाख १३, २०८१ बिहिबार
दिल्लीले चार रनले हरायो गुजरातलाई
बैशाख १३, २०८१ बिहिबार
यस्तो छ तपाइको आजको राशिफल
बैशाख १३, २०८१ बिहिबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार
खोटाङमा डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु
बैशाख १२, २०८१ बुधबार