बेनी बजारमा सडक अतिक्रमण
नेपालबहस संवाददाता
मंसिर १५, २०७८ बुधबार १३:५१:५६
१५ मंसिर, म्याग्दी । म्याग्दी जिल्ला सदरमुकाम बेनी बजारमा सडक अतिक्रमण भएको छ । सडक अतिक्रमण गरी बनाइएका भौतिक संरचनाका कारण बजारमा विभिन्न किसिमको समस्या भएको छ ।
सडक अतिक्रमण गर्दा आवतजावत गर्न, सवारीसाधन दुर्घटना तथा बजारको सौन्दर्यमा असर परेको छ । जताततै होडिङबोर्ड, पेटीमा सामान राख्ने, सडकमा निर्माण सामग्री थुपार्ने तथा जस्तापाताको छाप्रो बनाएर सडक अतिक्रमण गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख इन्द्र नेपालीले जानकारी दिए ।
“साँघुरो सडक अतिक्रमण गरी बनाइएका संरचनाले ट्राफिक व्यवस्थापनमा समस्या देखिएको छ”, उनले भने, “त्यस्ता संरचना हटाउनका लागि सहजीकरण गरिदिन बेनी नगरपालिकालाई पत्राचार गरेका छौँ ।” बेनीबजार बेनी नगरपालिका–७ र ८ मा पर्छ । न्यूरोड, गणतान्त्रिक चोक, हुलाक चोक, क्याम्पस चोक, अस्पताल चोक, गणेश टोल, सङ्गम चोक र बालमन्दिर चोक क्षेत्रमा अतिक्रमण गरी बनाइएका संरचना हटाउनुपर्ने देखिएको छ ।
घर बाहिर बनाइएका अस्थायी छाप्रा र होडिङ बोर्डले सडक साँघुरिएको छ । पैदलयात्रु सडकबाटै हिँड्नुपर्दा दुर्घटनाको जोखिम बढेको नेपाली बताउछन । बेनी नगरपालिकाका पदाधिकारी, प्रशासन, सुरक्षा निकाय, उद्योग वाणिज्य सङ्घ र ट्राफिक प्रहरी कार्यालयका प्रतिनिधिबीच मंगलबार बेनीमा अतिक्रमण हटाउनेबारे छलफल भएको छ । त्यस्ता संरचना १५ दिनभित्र हटाउन समय दिइएको छ ।
नगरप्रमुख हरिकुमार श्रेष्ठले सडक अतिक्रमण गरी बनाइएका संरचना हटाउन आजदेखि लागू हुने गरी १५ दिनको समय दिएको बताए । “बेनी बजारलाई सुन्दर बनाउने अभियान छ”, उनले भने, “होडिङ बोर्ड नगरपालिका र सुरक्षा निकाय मिलेर हटाउने निर्णय भएको छ ।”
प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले सरोकारवालाको निर्णय बेनी बजारका व्यवसायीले कार्यान्वयन नगरेमा सुरक्षा निकाय बल प्रयोग गर्न बाध्य हुने बताए । प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले बजारका सार्वजनिकस्थलका अस्थायी छाप्रा हटाएर पार्किङ व्यवस्थित गरिने बताए ।
बेनीमा ट्राफिक व्यवस्थापनका लागि एकतर्फी पार्किङ, कालीगण्डकी र म्याग्दी नदी किनारका वैकल्पिक सडक सञ्चालन, खुला ठाउँमा पार्किङस्थल निर्माण र बहुउद्देश्यीय खेलमैदानमा बसपार्क सञ्चालन गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध
बैशाख ७, २०८१ शुक्रबार
नवलपुरका महिलाको आत्मनिर्भरको श्रोत घरबास
बैशाख ७, २०८१ शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
भारतले रोक्यो नेपाली चियाको निर्यात
बैशाख ७, २०८१ शुक्रबार
संसदीय समितिमा फास्ट ट्रयाकबारे सेनाको बिफ्रिङ
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने
बैशाख ७, २०८१ शुक्रबार
नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सुनिल पौडेल दोषी ठहर, ८ जनाले पाए सफाइ
बैशाख ७, २०८१ शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार