फौदीखोलामा १५ लाखको मोटरेबल पुलको शिलान्यास
नेपालबहस संवाददाता
मंसिर १५, २०७८ बुधबार १८:१५:४५
तोलाकान्त बगाले
१५ मंसिर, वालिङ । स्याङ्जाको वालिङ १२ स्थित फौदीखोलामा मोटरेबल पुलको मंगलबार शिलान्यास गरिएको छ । वालिङ नगरपालिकाकोतर्फबाट पहिलो चरणमा १५ लाखको लागतमा पुलको निर्माण कार्य थालिएको हो ।
पुलको आज वालिङ नगर प्रमुख दिलीपप्रताप खाँण, स्थानीय ज्येष्ठ नागरिकहरु ९९ वर्षीया देउरुपा पराजुली र ९८ वर्षीया रेनुका पराजुलीले संयुक्तरुपमा शिलान्यास गरेका हुन् ।
विशेष गरी वर्षायाममा सवारी साधानहरु उक्त खोला पार गर्न समस्या भएकाले मोटरेबल पुलको निर्माण कार्य थालिएको नगर प्रमुख दिलीपप्रताप खाँणले बताए ।
“गाउँलाई शहरसँग र शहरलाई गाउँसँग जोड्ने यस क्षेत्रको महत्वपूर्ण सडककोरुपमा यसलाई अगाडि सारेका छौं” नगर प्रमुख खाँणले भने, “पुलको निर्माणसँगै गाउँमा उत्पादन भएका कृषि तथा पशुजन्य उत्पादनहरु बजारसम्म पु¥याउन र गाउँमा आवश्यक पर्ने सामग्रीहरु गाउँमा पु¥याउन सहज हुने छ ।”
निर्वाचित भएर आएसँगै यहाँको मुख्य समस्याकोरुपमा रहेको फौदीखोलामा पुल निर्माण गर्ने कार्यका लागि पटक पटक मन्त्रालयमा प्रयास भएपनि योजना प्राप्त नभएकाले नगरपालिकामार्फत निर्माण कार्य थालिएको वडा नं. १२ का वडा अध्यक्ष दानबहादुर गुरुङले बताए ।
“पुलको डीपीआर गरेर मन्त्रालयमा फाईल पठायौं तर सुनुवाई भएन” वडा अध्यक्ष गुरुङले भने, “सुनुवाई नभएपछि नगरपालिकाकै पहलमा योजना अगाडि बढायौं र शिलान्यास गरेर काम थालिसकेका छौं ।”
पुल नहुँदा उक्त खोला वारपार गर्नुपर्ने भएकाले धेरै पटक मोटरसाईकल तथा स्कुटरहरु बगाउँदा मानिसहरु घाईते समेत भएका थिए । खोलामा बाढी आएको बेला सवारी साधनहरु वारपार गर्न नसक्ने भएकाले धेरै समय वारीपारी नै रोकिनुपर्ने बाध्यता रहेको थियो । पुल निर्माणसँगै स्थानीयलाई सहजता हुने भएपछि स्थानीयहरु हर्षित छन् ।
वालिङ १३ को बायँटारी बजारदेखि वडा नं. १२ लाई सडक सञ्जालसँग जोड्न वालिङ १२ र १४ को सीमामा रहेको फौदीखोलामा आवतजावतमा सहज पहुँच पु¥याउन खोलामा पक्की पुलको शिलान्यास गरिएको हो । पुल आगामी दुई महिनाभित्रैमा निर्माण सम्पन्न गर्ने सम्झौता भएको ईञ्जिनियर ध्रुब रेग्मीले जानकारी दिए । नगरपालिकाको पहिलो चरणमा रु. १५ लाख र दोस्रो चरणमा पुलको तटबन्धन तथा सुरक्षाकालागि थप रु. ५ लाख गरी कूल रु. २० लाखको लागतमा निर्माण सम्पन्न हुने भएको हो । पुलको लम्बाई र चौडाई ६÷६ मिटर रहने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपर्वतका ७० वनमा डढेलो, एक हजार चार सय हेक्टर जङ्गल नष्ट
बैशाख १३, २०८१ बिहिबार
मनाङको नाम्के खर्कबाट यार्सागुम्बा संकलन सुरु
बैशाख १३, २०८१ बिहिबार
त्रिपालको ओतमुनि तातोपानी कुण्ड : बिरामीलाई सास्ती
बैशाख १२, २०८१ बुधबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
पर्यटकीय गाउँ रामकोटमा चहलपहल बढ्यो
बैशाख १३, २०८१ बिहिबार
खोटाङमा आगलागीबाट ७९ घर जले, एकको मृत्यु
बैशाख १३, २०८१ बिहिबार
नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा
बैशाख १३, २०८१ बिहिबार
नेप्सेमा सामान्य गिरावट, २ अर्बभन्दा बढीको कारोबार
बैशाख १३, २०८१ बिहिबार
वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
बैशाख १३, २०८१ बिहिबार
गण्डकीका शहरी क्षेत्रमा विद्युतीय सवारीसाधनको प्रयोग बढ्दो
बैशाख १३, २०८१ बिहिबार