जुम्लामा बस दुर्घटना हुँदा दुईको मृत्यु
नेपालबहस संवाददाता
मंसिर १५, २०७८ बुधबार १८:१६:२७
१५ मंसिर, कर्णाली । जुम्लाको सिञ्जा गाउँपालिकामा बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । ना ६ ख ४४३८ नं को बस आज बिहान करिब ८ बजे दुर्घटना भएको हो ।
कनकासुन्दरी गाउँपालिकाको गुठिज्यूलादेखि नेपालगञ्ज जाँदै गरेको बस सिञ्जा–१ थार्पीबाडास्थित सडकदेखि करिब २०० मिटर तल खसेको जुम्लाका प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसार्ईंले जानकारी दिए ।
उक्त दुर्घटनामा परी गुराँस गाउँपालिका दैलेख निवासी ३२ वर्षीय बस चालक नवीन रावल र पचाल झरना गाउँपालिका कालीकोट निवासी ३२ वर्षीय विशाल बमको मृत्यु भएको उनले बताए ।
उनका अनुसार बसमा चारजना सवार थिए । दुर्घटनाको जानकारी पाउने बित्तिकै घाइतेको तत्काल उद्धार गर्न जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षकको नेतृत्वमा नौ जनाको प्रहरी टोली त्यसतर्फ पठाइएको उनले जानकारी दिए । घटनास्थलमा प्रजिअ प्रसाईं, सशस्त्र प्रहरी उपरीक्षक गगन श्रेष्ठ र प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्द घटनास्थलतर्फ गएको छ ।
उक्त दुर्घटनामा परी टाउकामा चोट लागेर गम्भीर घाइते भएका कनकासुन्दरी–७ जियापाटा निवासी ३२ वर्षीय वीरबल घर्ती र सो गाउँपालिका रोकायाबाडा निवासी ४० वर्षीय उब्जी कार्कीलाई उपचारका लागि लिन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको एम्बुलेन्स घटनास्थल पुगेर फर्केको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपट्रयाक्टरले किचेर एकको मृत्यु
बैशाख १३, २०८१ बिहिबार
महोत्तरीको मटिहानीमा आगोले बस्ती नै सखाप
बैशाख १२, २०८१ बुधबार
बोलेरोको ठक्करबाट तीन युवकको मृत्यु
बैशाख १२, २०८१ बुधबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार