एकै परिवारका तीनजना मृत अवस्थामा फेला
नेपालबहस संवाददाता
मंसिर १५, २०७८ बुधबार २१:५०:१६
१५ मंसिर, भीमेश्वर । तामाकोशी गाउँपालिका–२ झुलेमा एकै परिवारका तीनजना सुतेकै अवस्थामा गएराति मृत फेला परेका छन् ।
मृत अवस्थामा फेला पर्नेमा अन्दाजी २७ वर्षीय श्याम तामाङ, उनकी श्रीमती अन्दाजी २६ वर्षीया अम्बिका तामाङ र उनका पाँच वर्षीय नाबालक छोरी रहेको छौंडे प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक विष्णु दाहालले जानकारी दिए ।
झ्यालबाट नियाल्दा तीनैजना मृत अवस्थामा देखिएकाले घटनास्थललाई सुरक्षित राखिएको उहाँले बताउनुभयो । घटनाको बारेमा आज बिहान स्थानीयवासीले दिएको सूचनाका आधारमा प्रहरीचौकी छौंडेबाट घटनास्थलमा पुगेका प्रहरी टोलीले आवश्यक अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय चरिकोटका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिए।
मृतकमध्ये अम्बिका पाँच दिनकी सुत्केरी रहेकीले कोइला बालेर सुतेको हुनाले झ्याल ढोका बन्द भएको अवस्थामा निसास्सिएर उनीहरुको मृत्यु भएको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
खिया लागेको जस्तामुनि मालढुंगाका प्रहरीको बास
चैत १४, २०८० बुधबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार