राप्रपा एकता महाधिवेशनमा किन पुगेनन् ओली ?
नेपालबहस संवाददाता
मंसिर १५, २०७८ बुधबार २२:४१:१७
१५ मंसिर, काठमाडाैं । राप्रपाको एकता महाधिवेशनलाई शुभकामना दिन प्रधानमन्त्री तथा कांग्रेस सभापति शेवबहादुर देउवा महाधिवेशन उद्घाटनस्थल पुग्दा एमालेका नवनिर्वाचित अध्यक्ष केपी ओली भने कार्यक्रममा उपस्थित नै भएनन् ।
चितवनमा भएको एमालेको १०औं महाधिवेशनमा उपस्थित भएर राप्रपा अध्यक्ष थापाले बधाई मात्र दिएनन्, ओलीलाई राष्ट्रवादी नेताको उपमा पनि दिए ।
तर एमाले महाधिवेशन सकिएको एक दिनपछि सुरु भएको राप्रपाको एकता महाधिवेशनमा भने ओली देखिएनन् । उनले शुभकामनाका लागि पार्टीबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पठाए ।
ओली अनुपस्थित भए पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल भने शुभकामना दिन राप्रपा महाधिवेशन उद्घाटनस्थल पुगेका छन् । प्रचण्ड एमाले महाधिवेशनमा शुभकामना दिन पुगेका थिएनन् भने नेपाललाई एमालेले निम्तो नै गरेको थिएन ।
एमाले महाधिवेशनमा शुभकामना दिन चितवन पुगेका जनमोर्चा अध्यक्ष चित्रबहादुर केसी, जसपा अध्यक्ष उपेन्द्र यादव, लोसपा अध्यक्ष महन्थ ठाकुरलगायतका नेता पनि राप्रपा महाधिवेशनमा शुभकामना दिन उपस्थित भएनन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
राष्ट्रिय सभाकी उपाध्यक्ष अर्यालले बुझाइन राजीनामा
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार